स्याङ्जाका किसानले बिक्री गरे ६० लाखको सुन्तला « Khabarhub

स्याङ्जाका किसानले बिक्री गरे ६० लाखको सुन्तला


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका कृषक फणिनारायण अर्यालले यस वर्ष ६० लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन् ।

व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आएका अर्याल सुन्तला बिक्री गरी जिल्लामै सबैभन्दा धेरै आम्दानी गर्ने कृषकसमेत हुन् । अर्यालले यस वर्ष ७५ मेट्रिकटन सुन्तला बिक्री गरेका हुन्  । ‘त्रिपुत्र बागवानी कृषि फार्म’ दर्ता गरी सञ्चालन गरेका अर्यालले ग्रेडिङ मेसिनमार्फत ग्रेडिङ गरी सुन्तला बिक्री गर्दै आएका छन् ।

यस वर्ष न्यूनतम ७० रुपैयाँदेखि अधिकतम एक सय २० रुपैयाँ प्रतिकिलोका दरले सुन्तला बिक्री गरी ६० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको उनले बताए । 

‘यहाँ उत्पादन भएको सुन्तला काठमाडौँस्थित भाटभटेनी सुपरमार्केट, कालीमाटी तरकारी तथा फलफूल केन्द्र, बल्खु, नारायणगढलगायत बजारमा बिक्री गरेको हुँ’, उनले भने, ‘बर्सेनि सम्झौता भई बजारीकरण हुँदै आएकाले बिक्रीका लागि कुनै समस्या भएको छैन, अहिलेसम्म सहज नै छ ।’

गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भए तापनि बजार मूल्य भने गत वर्षभन्दा कम परेको उहाँले बताउनुभयो । गत वर्षजस्तो यस वर्ष स्याङ्जाको सुन्तलाको गुणस्तर राम्रो नभएकाले मूल्य कम परेको हो । 

गत वर्षको तुलनामा यस वर्ष झण्डै १० मेट्रिकटन सुन्तला उत्पादन बढी भए पनि बजार मूल्य कम हुँदा गत वर्षको र यस वर्षको आम्दानी समान ६० लाख रुपैयाँ हुन पुगेको उनी बताउँछन् ।

करिब ८० रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आएका अर्यालको फार्ममा हाल दुई हजार दुई सय सुन्तलाका बोट छन् । 

त्यसमध्ये दुई हजार बोटले उत्पादन दिन्छन् भने दुई सय साना बिरुवा छन् । अर्यालले २०३६ सालमा विद्यालयमा पढ्दै गर्दा २५ वटा सुन्तलाका बिरुवा ल्याएर सारेका थिए । सोही समयमा सारिएका बिरुवा राम्रो हुँदै गएपछि विसं २०४२, २०५० र हालसालै पनि सुन्तलाका बोट थप गरेका छन् ।

‘मेरो आम्दानीको मुख्य स्रोत नै सुन्तला हो’, उनले भने, ‘आठ जनाको परिवारको शिक्षादीक्षा तथा घर खर्च सबै यसैबाट चलाएको छु ।’

सुन्तला व्यवसायी अर्यालले आफ्नो फर्ममा उत्पादन गरेको सुन्तलासहित अन्य कृषकको पनि सुन्तला सङ्कलन तथा खरिद गरी बिक्रीसमेत गर्दै आएका छन् । उनले यस वर्ष मात्रै चार करोड ५७ लाख रुपैयाँको सुन्तला खरिद बिक्री गरेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १ : ०२ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन