कोहलीको शतकमा भारत विजयी, पाकिस्तानको लगातार दोस्रो हार « Khabarhub

कोहलीको शतकमा भारत विजयी, पाकिस्तानको लगातार दोस्रो हार


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आइतबार भएको बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानलाई हराएको छ ।

दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको हो । पाकिस्तानले दिएको २४२ रनको लक्ष्य भारतले चार विकेट गुमाएर ४५ बल बाँकी रहँदै भेट्टायो ।

भारतका लागि विराट कोहलीले शतक बनाए । १११ बलको सामना गरेका उनले ७ चौकाको मदतमा अविजित एक सय रन बनाए । त्यस्तै श्रेयस अय्यरले ५६, शुभमन गिलले ४६ रन बनाउँदा कप्तान रोहित शर्मा २० रनमा आउट भए ।

पाकिस्तानका लागि शाहिन अफ्रिदीले दुई तथा अबरार अहमद र खुशदिल शाहले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले ४९.४ ओभरमा अलआउट हुनुअघि २४१ रन बनाएको थियो । उसका लागि साउद शकीलले सर्वाधिक ६२ रनको योगदान दिए । त्यस्तै कप्तान मोहमद रिजवानले ४६ रन बनाउँदा
खुशदिल शाहले ३८ रन बनाए ।

भारतका लागि कुलदीप यादवले तीन, हार्दिक पाण्डेयले दुई विकेट लिए । त्यस्तै हर्षित राणा, अक्षर पटेल र रविन्द्र जडेजाले एक एक विकेट लिए ।

योसँगै प्रतियोगितामा पाकिस्तानले लगातार दोस्रो हार भोगेको छ । उद्घाटन खेलमा पाकिस्तान न्युजिल्यान्डसँग ६० रनले पराजित भएको थियो । सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले दिएको ३२० रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.२ ओभरमा सबै विकेट गुमाएर २६० रनमा समेटिएको थियो।

यता समूह ‘ए’मा रहेको भारतले पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको थियो । पहिलो खेलमा भारतले बंगलादेशलाई ६ विकेटले पराजित गरेको थियो । सुरुमा ब्याटिङ गरेको बंगलादेशले दिएको २२९ रनको लक्ष्य भारतले शुभमन गिलको शतकको मद्दतमा २१ बल बाँकी हुँदै २३१ रन बनाएर भेट्टाएको थियो।

याे पनि

विराट कोहलीको नयाँ कीर्तिमान

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १० : २७ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।