भारत इजरायलको महत्वपूर्ण व्यापारिक साझेदार : इजरायली अर्थमन्त्री बारकात « Khabarhub

भारत इजरायलको महत्वपूर्ण व्यापारिक साझेदार : इजरायली अर्थमन्त्री बारकात


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायलका उद्योग तथा अर्थमन्त्री निर बारकातले भारत आफ्नो मुलुकको महत्वपूर्ण व्यापारिक साझेदार भएको बताएका छन् । भारत भ्रमणका क्रममा भारतीय सञ्चार माध्यमसँगको कुराकानीका क्रममा मन्त्री बारकातले दुई मुलुकबीच परिवर्तनकारी व्यापारिक साझेदारीमा जोड दिएका छन् ।

द सन्डे गार्जियनसँगको कुराकानीका क्रममा उनले नवप्रवर्तन र व्यापारका क्षेत्रमा दुई मुलुकले थप सम्भावनाहरुको पहिचान गर्नुपर्ने उल्लेख गरे । उनी इजरायलका उच्चस्तरीय व्यापारिक प्रतिनिधिमण्डलका साथ भारत भ्रमणमा आएका हुन् ।

उनको नेतृत्वमा भारत आएको इजरायली व्यापारिक प्रतिनिधिमण्डलमा इजरायलका १ सयभन्दा धेरै व्यवसायी, उद्यमी एवम् लगानीकर्ताको सहभागीता रहेको थियो । उक्त भ्रमणका क्रममा उनीहरुले भारतीय सरकारी अधिकारी तथा व्यवसायिक प्रतिनिधिसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ९ : ३५ बजे

म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जा र अन्नपूर्ण गाउँपालिका– ६

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा