त्रिवि क्रिकेट मैदानको रुप फेरिँदै (भिडियो) « Khabarhub

त्रिवि क्रिकेट मैदानको रुप फेरिँदै (भिडियो)


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानले अहिले नयाँ स्वरूप लिइरहको छ । क्रिकेटको क्रेज बढ्दै जाँदा एउटा गतिलो रंगशाला नभएको गुनासोलाई सम्बोधन गर्न सरकारले पूर्वाधार विस्तारलाई तीव्र पारेको हो ।

अहिले त्रिवि क्रिकेट मैदानलाई ४३ करोड ७७ लाख ३० हजार ११३ रुपैयाँमा ठेक्का लिएको निर्माण कम्पनीले फ्ल्ड लाइट र प्याराफिट बनाइरहेको छ ।

गत फागुन तेस्रो सातादेखि निर्माण थालेको ठेकेदार कम्पनीले त्रिवि क्रिकेट मैदानमा एकसाथ दुई पूर्वाधारको कामलाई वैशाखभित्र सक्ने गरी तीव्र बनाइरहेको छ ।

कम्पनीका साइट म्यानेजर प्रेम पौडेलले फ्लडलाइट जडान र प्याराफिट निर्माण एकसाथ चलिरहेको बताए । उनले वैशाखभित्रै काम सकेर हस्तान्तरण गरिने पनि जानकारी दिए ।

अहिले दर्जनौँ संख्याका प्राविधिक र श्रमिकहरूले त्रिवि क्रिकेट मैदानमा एकसाथ काम गरिरहेका छन् । एकातिर डोजर चलिरहेको छ भने अर्कातिर फ्लड लाइटको पिलर पनि ठड्याइँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भनेअनुसार काम भएमा आगामी वैशाखभित्र त्रिवि क्रिकेट मैदान रात्रिकालीन क्रिकेट खेल्न पनि योग्य हुनेछ । यसअघि घाँसे चौरमा बस्दै आएका दर्शकलाई पनि कुर्सीसहितको प्याराफिटको सुविधा मिल्नेछ ।

यो पनि-

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ३ : २९ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब