त्रिवि क्रिकेट मैदानको रुप फेरिँदै (भिडियो) « Khabarhub

त्रिवि क्रिकेट मैदानको रुप फेरिँदै (भिडियो)


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानले अहिले नयाँ स्वरूप लिइरहको छ । क्रिकेटको क्रेज बढ्दै जाँदा एउटा गतिलो रंगशाला नभएको गुनासोलाई सम्बोधन गर्न सरकारले पूर्वाधार विस्तारलाई तीव्र पारेको हो ।

अहिले त्रिवि क्रिकेट मैदानलाई ४३ करोड ७७ लाख ३० हजार ११३ रुपैयाँमा ठेक्का लिएको निर्माण कम्पनीले फ्ल्ड लाइट र प्याराफिट बनाइरहेको छ ।

गत फागुन तेस्रो सातादेखि निर्माण थालेको ठेकेदार कम्पनीले त्रिवि क्रिकेट मैदानमा एकसाथ दुई पूर्वाधारको कामलाई वैशाखभित्र सक्ने गरी तीव्र बनाइरहेको छ ।

कम्पनीका साइट म्यानेजर प्रेम पौडेलले फ्लडलाइट जडान र प्याराफिट निर्माण एकसाथ चलिरहेको बताए । उनले वैशाखभित्रै काम सकेर हस्तान्तरण गरिने पनि जानकारी दिए ।

अहिले दर्जनौँ संख्याका प्राविधिक र श्रमिकहरूले त्रिवि क्रिकेट मैदानमा एकसाथ काम गरिरहेका छन् । एकातिर डोजर चलिरहेको छ भने अर्कातिर फ्लड लाइटको पिलर पनि ठड्याइँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भनेअनुसार काम भएमा आगामी वैशाखभित्र त्रिवि क्रिकेट मैदान रात्रिकालीन क्रिकेट खेल्न पनि योग्य हुनेछ । यसअघि घाँसे चौरमा बस्दै आएका दर्शकलाई पनि कुर्सीसहितको प्याराफिटको सुविधा मिल्नेछ ।

यो पनि-

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ३ : २९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन