पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति गरिँदै « Khabarhub

पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति गरिँदै


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमबाट कोत्रवाङ–खुम्ल्याह–पैयुपाटा–कुहुँ–पूर्णगाउँ हुँदै पर्यटकीयस्थल टोड्के पुग्ने १० किलोमिटर सडकको १४ वर्षपछि स्तरोन्नति सुरु भएको छ ।

सङ्घीय सरकार र मङ्गला गाउँपालिकाको चार करोड रुपैयाँको लागत साझेदारीमा यस वर्ष सडकको प्रवेश विन्दुमा पर्ने सिम र खुम्ल्याह क्षेत्रमा फराकिलो पार्ने, पानीको निकासका निम्ति नाली, ग्यावियन पर्खाल बनाउने र ढलानको काम प्रारम्भ भएको हो । विनियोजन भएको यो आयोजना मङ्गला गाउँपालिकाको यो वर्षको सबैभन्दा ठूलो हो ।

मङ्गला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माका अनुसार आगामी असार भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सिमचोकबाट सडक फराकिलो बनाउने, ग्यावियन पर्खाल लगाएर स्तरोन्नति थालिएको छ । सिमचोक, पातल, कुहुँ र पूर्णगाउँ क्षेत्रमा ग्यावियन जाली भर्ने र पर्खाल निर्माण धमाधम भइरहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ९ : ०९ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको