लेबनानबाट रकेट प्रहार भएपछि इजरायली सेनाको भीषण आक्रमण « Khabarhub

लेबनानबाट रकेट प्रहार भएपछि इजरायली सेनाको भीषण आक्रमण


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

इजरायल – नोभेम्बर महिनामा भएको हिंसापछि लेबनान र इजरायलको बिचमा सबै भन्दा भीषण आक्रमण भएको छ। लेबनानबाट थुप्रै रकेट प्रहार भएपछि इजरायलले लेबनानमा लगातार हवाई आक्रमण गरेको छ।

इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहको नेतृत्व रहेको स्थानलाई लक्षित गर्दै आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खबर लेखेका छन्।

लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा एक बालकसहित सात जनाको ज्यान गएको जनाएको छ। साथै ४० जना घाइते भएका छन्।

लेबनानमा हिजुबल्लाह लगायत धेरै सैन्य समूह भए पनि इजरायलमाथि रकेट प्रहारको जिम्मेवारी कसैले पनि लिएका छैनन्।

पहिलो चरणको आक्रमण सकिएको एक घण्टापछि दोस्रो चरणको आक्रमण भएको इजरायलले जनाएको छ। सो आक्रमण कमान्ड सेन्टर, भौतिक संरचना र हतियार केन्द्रमा लक्षित थियो।

हिजबुल्लाहले लेबनानबाट भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको बताएको छ। उसले युद्ध विराममा अडिग रहेको प्रष्ट पारेको छ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ५ : ५७ बजे

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

काठमाडौं– सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात

सिंहदरबार ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत

काठमाडौं– सिंहदरबारस्थीत ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ

साइप्रसमा बन्धक उज्ज्वल कुँवरको उद्धार गर्न आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले साइप्रसमा बन्धक बनाइएका धादिङका

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४

भारतीय पर्यटकले भरिभराउ पोखरा (तस्बिरहरू)

पोखरा– भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै नेपालको पर्यटकीय राजधानी पोखरा यतिबेला