पृथ्वीनारायण क्याम्पस पोखरामा आज स्ववियु निर्वाचन « Khabarhub

पृथ्वीनारायण क्याम्पस पोखरामा आज स्ववियु निर्वाचन


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराको पृथ्वीनारायण क्याम्पसमा आज स्ववियु निर्वाचन भइरहेको छ । निर्वाचन समितिका अनुसार बिहान ८ बजे सुरु भएको मतदान अपराह्न ४ बजेसम्म चल्नेछ ।

चैत ५ गतेका लागि निर्धारित मतदान मतपत्रमा गडबडी देखिएपछि स्थगित भएको थियो । त्यसपछि विद्यार्थी सङ्गठनबीच सहमति गरी आजका लागि मतदानको मिति तय भएको थियो ।

१६ वर्षपछि हुन लागेको निर्वाचनमा स्ववियु सभापतिमा २ स्वतन्त्रसहित ८ उम्मेदवार मैदानमा छन् । क्याम्पसमा ९ हजार २७० मतदाता रहेका छन् ।

एमाले निकट अनेरास्ववियुबाट विष्णु पोखरेल, नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुशील न्यौपाने, अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अनेरास्ववियु, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङ र अखिल छैटौँबाट मिलन सुनार अध्यक्षका प्रत्यासी छन् ।

समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य) का उम्मेदवारहरू पनि चुनावी मैदानमा छन् । 

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ८ : ११ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६