पिएम कपमा आज तीन खेल : लुम्बिनी र आर्मी, एपिएफ र गण्डकी, कोशी र सुदूरपश्चिम भिड्दै « Khabarhub

पिएम कपमा आज तीन खेल : लुम्बिनी र आर्मी, एपिएफ र गण्डकी, कोशी र सुदूरपश्चिम भिड्दै


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार तीन खेल हुँदैछन्।

आइतबार लुम्बिनी प्रदेश र आर्मी, एपिएफ र गण्डकी प्रदेश, कोशी र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्दैछन्। तीन वटै खेल बिहान ९ बजे सुरु हुने छन्।

आर्मी र लुम्बिनीको खेल सिद्धार्थनगर क्रिकेट स्टेडियममा हुँदैछ भने एपिएफ र गण्डकीको खेल ओभर क्रिकेट मैदानमा हुँदैछ। कोशी र सुदूरपश्चिम प्रदेशको खेल देउखुरी क्रिकेट मैदानमा हुनेछ।

सात खेलमा एक खेल गुमाएको आर्मी १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने सातमा तीन खेल गुमाएको लुम्बिनीको आठ अंक छ। ६ खेल मात्र खेलेको एपिएफले दुई खेल गुमाएर आठ अंक जोडेको छ। एपिएफ तालिकाको तेस्रो स्थानमा छ।

सात खेलमा एउटा मात्र जित निकालेको कोशी प्रदेश तालिकाको पुछारमा छ भने सातमा दुई खेल मात्र जितेको सुदूरपश्चिम चार अंकसहित सातौं स्थानमा छ।

नेपाल पुलिस क्लब अपराजित रहँदै सात खेलमा १४ अंक जोडेर शीर्ष स्थानमा छ भने सातमा चार खेले जितेको कर्णालीले आठ अंक बनाएको छ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ८ : ४१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै