प्राधिकरणबाट एकीकृत निर्देशिका तयार पार्ने काम भइरहेको छ : अध्यक्ष ओझा « Khabarhub

प्राधिकरणबाट एकीकृत निर्देशिका तयार पार्ने काम भइरहेको छ : अध्यक्ष ओझा


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले एकीकृत निर्देशिका तयार पार्ने काम भइरहेको जानकारी दिएका छन् ।  

इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओझाले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरूलाई एकीकृत निर्देशिकाका रूपमा ल्याउन लागिएको जानकारी दिएका हुन् ।

उनले बीमा क्षेत्रलाई सहज गर्न प्राधिकरणले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए । ओझाले बीमा कम्पनीले आफ्नो आन्तरिक सुशासन र स्वनियमन कायम राख्नुपर्ने भन्दै प्राधिकरणले आवश्यक नियामकीय हस्तक्षेप गर्ने स्पष्ट पारे ।  

बीमा क्षेत्रले राष्ट्रलाई पुराउन सक्ने योगदानलाई ध्यानमा राखेर प्राधिकरणले काम गर्ने उनको भनाइ छ ।  

उनले यस क्षेत्रको सुधारका लागि बीमक संस्थाहरू, मध्यस्थतकर्तालगायत सरोकार निकायसँग निरन्तर छलफल र सुझाव लिने काम भइरहेको जिकिर गरे। 

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  १२ : ३० बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार