बजेटमा ओली सरकारको प्रतिगमन, सांसद्‌कै मुख थुन्ने प्रयास « Khabarhub

बजेटमा ओली सरकारको प्रतिगमन, सांसद्‌कै मुख थुन्ने प्रयास


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले वार्षिक बजेट तयारीमै प्रतिगमन गरेको छ ।

वार्षिक बजेट अर्थात्‌ राज्यले एक आर्थिक वर्षभर अपनाउने वित्त नीतिमाथिको छलफलमै निर्वाचित जनप्रतिनिधिलाई अङ्कुश लगाउनेगरी काँग्रेस-एमाले गठजोडको सरकारले प्रतिगमन गरेको हो ।

नयाँ आर्थिक वर्षका लागि बजेट पूर्वको छलफलमा जनप्रतिनिधिलाई पर्याप्त समय दिने र समयमै पूर्वतयारी सक्ने भन्दै अघिल्लो सरकारले चैतभित्र बजेट पूर्वको छलफल सक्नेगरी थिति बसाउन खोजेको थियो ।

सोही बमोजिम तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारल चालु आर्थिक वर्षको प्रि-बजेट छलफल गत चैत पहिलो साता नै सम्पन्न गरेको गरेको थियो । सरकारले अघि सारेका बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफललाई प्रि-बजेट छलफल भनिन्छ । मुलुकको वार्षिक बजेट जेठ १५ मै ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

त्यस निम्ति सरकारले बजेट ल्याउनुभन्दा तीन महिनाअघि नै संसद्‌मा प्रि-बजेट छलफल सम्पन्न गर्नुपर्ने प्रावधान राख्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश ल्याएको थियो ।

तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले फागुन १५ मै संसद्‌को तल्लो सदन (प्रतिनिधि सभा)मा बजेटको सिद्धान्त र प्राथमिकता पेश गरेका थिए । डा. महत काँग्रेसका तर्फबाट तत्कालीन सरकारका अर्थमन्त्री थिए ।

तर, काँग्रेस नै सहभागी वर्तमान सरकारले बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा प्रतिगमन गरेको हो ।

गत आर्थिक वर्षदेखि थालिएको अभ्यासलाई रोकेर अघिल्ला वर्षहरूमा झैँ हतारहतार लोकरिझ्याइँका लागि बजेटका सिद्धान्त/प्राथमिकता संसद्‌मा पेश गर्ने, उक्त ‘डकुमेन्ट’लाई औपचारिकता र रित पुर्‍याउनका लागि मात्रै प्रतिनिधि सभामा छलफलमा राख्ने र जनप्रतिनिधिका यथोचित माग सम्बोधन नै नगरी बजेट ल्याउने पुरानै शैलीलाई ओली नेतृत्वको सरकारले पुनः ब्यूँताउन लागेको छ । यसअनुसार काम भए अब वैशाख मसान्तसम्म प्रि-बजेट छलफल सके हुनेछ ।

प्रि-बजेट छलफलबारे अध्यादेशमुखी वर्तमान सरकार आफ्नै योजनाविपरीत समेत देखिएको छ । माघ २ गते आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश ल्याउँदै प्रि-बजेट छलफल बजेट घोषणा गर्नुभन्दा एक महिना अगावै सक्ने सरकारले जनाएको थियो ।

तर, उक्त अध्यादेशको प्रतिस्थापन विधेयकमा सरकारले बजेट ल्याउनुभन्दा १५ दिनअघि प्रि-बजेट छलफल सक्दा हुने व्यवस्था गरेको छ । अब फागुन १५ या वैशाख १५ होइन, जेठ १ गते सरकारले संसद्‌मा बजेटका सिद्धान्त र प्राथमिकता पेश गरे हुने भएको छ ।

केही दिनभित्रै हतारहतार छलफल चलाएर आफ्ना राजनीतिक/व्यक्तिगत स्वार्थकेन्द्रित बजेट ल्याउने तयारीमा ‌ओली सरकार लागेको हो । ओली नेतृत्वको वर्तमान सरकारका अर्थमन्त्री एमालेकै उपाध्यक्ष विष्णप्रसाद पौडेल हुन्‌ ।

सरकारले अघि सारेको पछिल्लो अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पारित भएर हाल राष्ट्रिय सभामा पुगिसकेको छ । राष्ट्रिय सभाले पनि सदर गरे सरकारलाई हतारोमा छलफल चलाएर आफूखुशी बजेट ल्याउने बाटो खुला हुनेछ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  २ : ०४ बजे

इनरुवा नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराउँदै

सुनसरी– जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको

गायिका आशा भोसले अस्पताल भर्ना : इमर्जेन्सी युनिटमा उपचार हुँदै

मुम्बई- भारतीय सुगम संगीतकी शिखर व्यक्तित्व तथा प्रसिद्ध गायिका आशा

‘कर्णाली उत्सव : कुडा कर्नाली’ सुरु

कर्णाली– ‘कर्णाली उत्सव : कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश

छैटौँ कटारी गोल्डकप : सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुवात

उदयपुर– कटारीमा शनिबारदेखि सुरु भएको छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट