राष्ट्रियसभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक स्वीकृत | Khabarhub Khabarhub

राष्ट्रियसभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक स्वीकृत


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ स्वीकृत भएको छ ।

राष्ट्रियसभाको आजको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत गरेको हो । 

उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सहकारीमन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उद्देश्यका साथ विधेयक ल्याइएको स्पष्ट पारे । ‘प्रस्तुत विधेयकले तत्कालका समस्या यथाशीघ्र समाधान गर्नेछ’, उनले भने । 

मन्त्री अधिकारीले प्रतिपक्ष, आमजनता र सरोकारवालाको चाहना तथा भावना सम्बोधन हुने गरी सहकारी क्षेत्रका समस्या समाधान गर्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताए । 

उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरू डा बेदुराम भुसाल, किरणबाबु पुन, गङ्गाकुमारी बेल्वासे, इन्दिरादेवी गौतम, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, उदयबहादुर बोहरा, मनरुपा शर्मा, तुलसाकुमारी दाहाल, जयन्तीदेवी राई, श्रीकृष्णप्रसाद अधिकारी, रुक्मिणी कोइराला, रेणु चन्द, राजेन्द्रलक्ष्मी गैरे र गोपीबहादुर सार्की अछामीले भाग लिएका थिए । 

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो विधेयकमाथि संशोधन राख्न चाहने सांसदले सभाअन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गर्न सक्ने ब्यहोरा जानकारी गराए ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ३ : ४७ बजे

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपालको मौलिकता, धार्मिक सहिष्णुता

रुसलाई लक्षित गर्दै दुई वटा आणविक पनडुब्बी तैनाथ गर्न ट्रम्पको निर्देशन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई लक्षित गर्दै आफ्नो मुलुकका

पाकिस्तानको साथ लिएर भारतमाथि दबाब बढाउँदै अमेरिका

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई लक्षित गरी एकपछि अर्को

पर्रोहा बोलबम धामको ज्योर्तिलिङ्गमा जलार्पण गर्नेको घुइँचो

लुम्बिनी– नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योर्तिलिङ्ग मानिने रूपन्देहीको पर्रोहा

दक्षिण अफ्रिकामा एक हजार अवैध खानी मजदुर पक्राउ

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको उत्तर–पूर्वी क्षेत्रमा रहेको सुन खानीहरूमा काम गरिरहेका