किएभमा रूसी आक्रमण : कम्तीमा तीन जनाको मृत्यु, १० घाइते « Khabarhub

किएभमा रूसी आक्रमण : कम्तीमा तीन जनाको मृत्यु, १० घाइते


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेनको राजधानीमा रातभर रुसी ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको किएभका अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

‘उपलब्ध जानकारी अनुसार, पाँच वर्षको बच्चासहित तीन जनाको मृत्यु भयो । अन्य १० जना घाइते भए’, किएभ शहरको सैन्य प्रशासनले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गरेको छ, ‘घाइतेहरूमध्ये, सबैभन्दा कान्छो पीडित केवल ११ महिनाको थियो ।’

सामाजिक सञ्जालमा प्रसारित फुटेजका अनुसार, ड्रोनले किएभका धेरै जिल्लाहरूलाई लक्षित गरी व्यापक आक्रमण गरेको थियो ।

रुसी र युक्रेनी प्रतिनिधिमण्डलले सोमबार साउदी अरेबियामा अमेरिकी प्रतिनिधिहरूसँग समानान्तर युद्धविराम वार्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ५ : २७ बजे

पूर्णबहादुरले भने : आयोगको निर्णयविरुद्ध संघर्ष गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई

पूर्णबहादुर खड्काको आरोप : आयोगले सेटिङमा निर्णय गर्‍यो

काठमाडौं – नेपाली कांग्रेस देउवा समूहका कार्यवहाक सभापति पूर्ण बहादुर

गगन पक्षलाई मान्यता दिँदा आयोगको निष्कर्ष : कांग्रेसमा महाधिवेशन प्रतिनिधि नै सर्वोच्च

काठमाडौं– निर्वाचन आयोगले गगन थापा समूहलाई नेपाली कांग्रेसको मान्यता दिँदा

देउवा पक्षले भन्यो : आयोगको निर्णय मान्दैनौँ, विधि र प्रक्रियाको धज्जी उडाइयो

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा पक्षलाई निर्वाचन