सरकारलाई गलत काम गर्ने छुट छैन : कृषिमन्त्री अधिकारी | Khabarhub Khabarhub

सरकारलाई गलत काम गर्ने छुट छैन : कृषिमन्त्री अधिकारी


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकारले संविधानविपरीत कुनै पनि गलत काम गर्ने छुट नभएको धारणा राखेका छन् ।

काभ्रेपलाञ्चोकको पनौतीमा सक्रिय महिला कृषि सहकारी संस्थाद्वारा स्थापित शीतभण्डारको आज उद्घाटन एवं स्थानीय कृषि उत्पादन प्रदर्शनी कार्यक्रममा उनले वर्तमान सरकार जनता केन्द्रित भएर काम गरिरहेकाले संविधान विपरीत गतिविधि नगर्ने विश्वास व्यक्त गरे । 

मन्त्री अधिकारीले सरकारले कृषि उत्पादनमा देखिएका कृषि बजारीकरण तथा प्रवर्द्धनलगायत किसानका समस्या योजनाबद्ध रूपमा समाधान गर्दै जाने जनाए । उनले दुग्ध किसानका समस्या समाधान हुँदै गएका भन्दै अन्य क्षेत्रका सास्या पहिचान गरी समाधान गरिने प्रतिबद्धता जनाए ।

‘म मन्त्री भएर आउँदा दुग्ध किसानको ११ महिनाको पैसा भुक्तानी हुन बाँकी थियो । अहिले छ महिनामा झारेका छौँ, गत हप्ता पनि नौ स्थानमा भुक्तानीका लागि पैसा निकास भइसकेको छ, अब क्रमशः पैसा दिँदै बाँकी समयावधि घटाउँदै जानेछौँ’, उनले भने । 

मन्त्री अधिकारीले कृषिमा विषादी न्यूनीकरण तथा रासायनिक मल व्यवस्थापनका लागि विशेष कार्यक्रम ल्याउने बताउँदै एकै पटक विषादी प्रयोग बन्द गर्न नमिल्ने भएकाले प्रयोग गर्नै परे सावधानी अपनाउन किसानलाई आग्रह गरे । 

उनले भने, ‘माटोमा पनि रासायनिक मल प्रयोग घटाउँदै प्राङ्गारिक मलको प्रयोग बढाउँदै जानुहोस्, आगामी वर्ष प्रभावकारी मल व्यवस्थापनका लागि सरकारले अहिलेदेखि नै तयारी सुरु गर्दैछ ।’

आगामी वर्षका लागि मल व्यवस्थापनमा छुट्याएको २७ अर्बमध्ये  २० देखि २२ अर्ब रुपैयाँ सम्मको मल खरिद गरेर बाँकी रकमले किसानलाई घरमा प्राङ्गारिक, जैविक र जीवाणु मल उत्पादन गर्न लगाइने मन्त्रालयस्तरमा छलफल भइरहेको अधिकारीले बताए । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले सरकारले हरेका योजना तथा कार्यक्रम बनाउँदा किसानलाई प्राथमिकता दिइनुपर्नेमा जोड दिए । उनले किसानका पक्षमा देखिएका दुग्धजन्यलगायत कृषि उपजमा देखिएका समस्या समाधान गर्दै जान सरकारलाई सुझाव दिए । 

सो अवसरमा पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले खाद्यान्न, दूध तथा तरकारी उत्पादनका लागि प्रख्यात काभ्रेपलाञ्चोकमा किसानका लागि राहतका कार्यक्रम ल्याउन आग्रह गरे । संस्थाकी अध्यक्ष सुमित्रा बञ्जाराले स्थानीययस्तरमा शीतभण्डार व्यवस्थापनमा सरकारले आवश्यक सहयोग र समन्वय गर्नुपर्नेमा जोड दिइन् ।  
 

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ५ : ३१ बजे

त्रिभुवन विमानस्थल अगाडि राजावादी समूहद्वारा आगजनी

काठमाडौं– राजावादी आन्दोलनकारी समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि आगजनी गरेका

कोटेश्वरस्थित जडीबुटी उद्योग कम्पनीमा राजावादीले लगाए आगो (तस्बिरहरू)

काठमाडौं– कोटेश्वरमा रहेको जडीबुटी उद्योगमा राजावादी आन्दोलनकारीले आगो लगाएका छन्

कर्फ्यू लगाएपछि सेना निस्कियो सडकमा, कडा बनाइँदै सुरक्षा

काठमाडौं– सरकारले राजावादीहरूका कारण तनावग्रस्त काठमाडौंको तीनकुने क्षेत्रमा सेना परिचालन

माधव नेपालका भाइको घरमा ढुङ्गामुढा प्रहार 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको घरमा राजावादी समूहले

गृह मन्त्रालयमा सुरक्षा समितिको आकस्मिक बैठक जारी 

काठमाडौं–राजावादीले प्रदर्शनमा अराजक गतिविधि बढाएपछि सरकारले सुरक्षा समितिको आकस्मिक बैठक