टाउकाको मोल नै एक अर्ब ३७ करोड तोकिएका हक्कानी अब अमेरिकाका मित्र ? « Khabarhub

टाउकाको मोल नै एक अर्ब ३७ करोड तोकिएका हक्कानी अब अमेरिकाका मित्र ?


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी सेनाको बलियो उपस्थितिलाई नाकाम सावित गर्दै विद्रोही तालिबानले सन्‌ २०२१ अगष्ट १५ मा अफगानिस्तानको राजधानी काबुलको सत्ता कब्जा गर्‍यो ।

कट्टरपन्थी इस्लामिक समूह तालिबानको शक्तिको प्रमुख आधारमध्ये एक थियो – हक्कानी नेटवर्क !

सोही हक्कानी नेटवर्कका नेता सिराजुद्दिन हक्कानीले अमेरिकी सेनालाई लडाइँको मैदानमा हराबरा खेलाएका थिए ।

व्यापक जमिनी र हवाई आक्रमण गर्दासमेत तालिबानलाई कमजोर पार्न नसकेपछि सिराजुद्धिनका हकमा अमेरिकाले व्यक्ति हत्याको बाटो समात्यो ।

उनको टाउकाको मोल एक करोड अमेरिकी डलर (आजको विनिमयदर अनुसार नेपाली रुपैयाँ एक अर्ब ३७ करोड) तोक्यो ।

तालिबानलाई काबु्लको सत्तामा आमन्त्रण गराएर अफगानिस्तान छाडेको चार वर्ष बितिसक्दा पनि हक्कानी नेटवर्कका नेता सिराजुद्दिन अमेरिकी यु्द्धखेलको मोलमोलाइमा रहे । जब कि हक्कानी यसबीच निमित्त आन्तरिक मामिलामन्त्री र निमित्त विदेशमन्त्री भइसकेका छन्‌ ।

तर, हक्कानीविरुद्ध अबलाई अमेरिकी नीति बदलिएका समाचार सार्वजनिक भएका छन्‌ । काबुलमा तालिबान अधिकारीहरूले हक्कानी नेटवर्कका नेताहरू सिराजुद्दीन हक्कानी, अजीज हक्कानी र याह्या हक्कानीमाथि राखेको ‘इनाम’ हटाएको बताएका छन्‌ । तर, अमेरिकी अधिकारीहरूले हालसम्म यसबारे कुनै टिप्पणी गरेका छैनन्‌ ।

रोयटर्समा प्रकाशित रिपोर्ट अनुसार अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताले सिराजुद्दीन हक्कानीमाथि राखेको एक करोड डलर बराबरको इनाम हटाएको तालिबानी अधिकारीले बताएका हुन्‌ ।

सत्ता सुम्पिएर अफगानिस्तानबाट बाहिरिँदा देखि नै अमेरिकाले तालिबानप्रति सङ्दिग्ध व्यवहार देखाउने गरेको छ । कबिला संरचनाको लडाकु जत्थासँग थप भिड्न नचाहेको अमेरिकाले तालिबानलाई ‘खटाएर’ प्रतिबन्ध फुकुवा गर्ने गरेको छ ।

यसअघि पनि अमेरिकी निर्णयको जानकारी वासिङ्टनले भन्दा अगावै तालिबानले दिने गरेको थियो । यसपटक पनि सिराजुद्दीन लगायत तालिबान नेताविरुद्ध हटाएको मूल्यको जानकारी तालिबानले नै दिएको छ ।

जब कि अमेरिकी सङ्घीय जाँच ब्यूरो (एफबीआइ)को वेबसाइटमा अहिले पनि अफगानिस्तानका कार्यवाहक गृहमन्त्री सिराजुद्दीन हक्कानीको मोल एक करोड डलर नै रहेको उल्लेख छ ।

एफबीआइको वेबसाइटमा ‘अफगानिस्तानमा अमेरिका र गठबन्धन बलविरुद्ध हक्कानीले सीमापार आक्रमणमा भाग लिएका’ लेखिएको छ । सिराजुद्दीन हक्कानीसँगै अब्दुल अजीज हक्कानी र याह्या हक्कानी पनि अमेरिकी खोजी सूचीमै छन्‌ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा बन्दी जीवन बिताइरहेका अमेरिकी नागरिकको रिहाइ सुनिश्चित प्रयास गरिरहेको छ । यस निम्ति तालिबान र अमेरिकाबीच ‘लेनदेन’ हुनैपर्छ । हक्कानी नेटवर्कका नेताहरूको मोल हटाउनु र तालिबानमाथिका अनेक प्रतिबन्ध फुकुवा गर्नु अमेरिकाका लागि बाध्यकारी छ ।

अफगानिस्तानमा दुई दशकभन्दा लामो समयसम्म चलेको लडाइँमा दुई हजारभन्दा धेरै अमेरिकी सेनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ५ : ४६ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते