गण्डकी विश्वविद्यालयको कुलपतिका लागि ५ जनाको दरखास्त स्वीकृत | Khabarhub Khabarhub

गण्डकी विश्वविद्यालयको कुलपतिका लागि ५ जनाको दरखास्त स्वीकृत


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी विश्वविद्यालयमा रिक्त रहेको कुलपति पदमा नियुक्तिका लागि आवेदन दिएका मध्ये ५ जनाको दरखास्त स्वीकृत भएको छ । ७ जनाको दरखास्त परेकामा २ जनाको अस्वीकृत भएको हो । 

कुलपति सिफारिस गर्न गठित सिफारिस समितिका अनुसार प्राडा नवराज देवकोटा, प्राडा कुश्माकर न्यौपाने, प्राडा सरोज कोइराला, प्राडा विश्वकल्याण पराजुली र प्राडा ईन्द्रप्रसाद तिवारीको दरखास्त स्वीकृत भएको हो । 

 प्राडा कृष्णप्रसाद गौतम र सहप्राडा कृष्णप्रसाद अधिकारीको दरखास्त अस्वीकृत भएको छ । कानुनले तोके बमोजिमको योग्यता र कागजात नभएका कारण उनीहरूको दरखास्त अस्वीकृत भएको हो । 

फागुन २१ बाट १५ दिनको म्याद राखेर सूचना जारी भएकामा अन्तिम दिन बुधबारसम्म ७ जनाको आवेदन परेको हो ।
विश्वविद्यालयबाट गठित कुलपति सिफारिस समितिले ‘गण्डकी विश्वविद्यालयको कुलपति सिफारिससम्बन्धी कार्यविधि, २०८१’ अनुसार आवेदन आह्वान गरेको थियो ।

संस्थापक कुलपति कुलपति प्राडा गणेशमान गुरुङको कार्यकाल सकिनु अगावै विश्वविद्यालय ऐन अनुसार नै सिफारिस समिति गठन गरिएको थियो । कुलपति गुरुङको कार्यकाल फागुन ३ गते सकिएको हो ।

गण्डकी विश्वविद्यालय ऐन २०७६ को दफा २३ मा कुलपतिसम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफाको उपदफा ३ मा कुलपति नियुक्तिका लागि सिफारिस गर्न न्यायिक परिषद् अध्यक्षको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिने व्यवस्था छ । जसमा प्रदेश लोकसेवा आयोगले तोकेको आयोगको सदस्य र न्यायिक परिषद्ले तोकेको न्यायिक परिषद् सदस्य रहने प्रावधान छ ।

हाल न्यायिक परिषद् अध्यक्ष प्राडा कैलाशनाथ प्याकुरेल छन् । छनोट समिति सदस्यमा लोक सेवा आयोगबाट सदस्य कल्पना लम्साल र न्यायिक परिषद्बाट यमुना घले छन् ।

समितिको सचिवालय स्थापना भइसकेपछि कार्यविधि बनाएर दरखास्त आह्वान गरिएको हो । त्यसो त थप १ पदावधिका लागि सरकारले पहिलो कार्यकालकै कुलपतिलाई नियुक्त गर्न सकिने प्रावधान कानुनमा राखिएको छ । त्यो सम्भावना भने अब टरिसकेको छ ।

विद्यावारिधि उपाधि हासिल गरी प्राज्ञिक वा प्रशासनिक वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको र ४५ वर्ष उमेर पुगेको व्यक्ति कुलपतिका लागि योग्य हुने व्यवस्था छ ।

सिफारिस समितिले कुलपति पदमा नियुक्त हुन योग्य ३ जनाको नाम सिफारिस गर्नुपर्ने छ र यसरी सिफारिस भएका व्यक्तिमध्येबाट मुख्यमन्त्रीले कुलपति नियुक्ति गर्ने व्यवस्था ऐनले गरेको छ ।

गण्डकी विश्वविद्यालय नेपालको पहिलो प्रदेश विश्वविद्यालय हो । यसको मुख्य कार्यालय मुस्ताङचोक, पोखरामा छ । विश्वविद्यालयले नेपाल सरकारबाट जग्गा प्राप्ति गरी पोखरा ३२ स्थित ज्ञानकुन्जमा स्थानीय तथा अस्थायी संरचना बनाइसकेको छ । अब मुख्य कार्यालयसहित सबै पढाइ उतै सार्ने तयारी छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ६ : ५५ बजे

सरकारले औपचारिक रूपमा भन्यो– कुलमान हटे, हितेन्द्र आए 

काठमाडौं– सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त

१० प्रतिशतले बढ्यो बीमा शुल्क आम्दानी, बीमालेख सङ्ख्यामा पनि वृद्धि

काठमाडौं– बीमा कम्पनीहरूले बीमा शुल्क आम्दानीमा वृद्धि गरेका छन् ।

प्रधानमन्त्री भन्छन्- कुलमानको चमत्कारले लोडसेडिङ हटेको होइन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्षौं लगाएर आयोजना निर्माण

सुडानको डार्फर बजारमा सेनाको आक्रमण, सयौँको मृत्यु  

एजेनसी– एक सुडानी युद्ध निगरानी समूहले मंगलबार सेनामाथि देशको पश्चिमी

आईएमई ग्रुप र आईएक्सआई कर्पको लगानीमा काठमाडौं टेक्निकल स्कुल सञ्चालन

काठमाडौं– आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडौँ टेक्निकल