बागलुङको अर्नाकोटमा खानेपानीको समस्या « Khabarhub

बागलुङको अर्नाकोटमा खानेपानीको समस्या


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको निसीखोलाको सिरमा रहेको सुन्दर अर्नाकोट गाउँ प्राकृतिक अनुपमले धनीले छ । प्राकृतिक रुपमा सुन्दर यो गाउँमा खानेपानीको भने ठूलो समस्या छ । स्थानीयले वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका छन् ।

खानेपानीको अभावकै कारण अर्नाकोटवासीहरु गाउँ छोड्न बाध्य छन् । निसीखोला गाउँपालिका– २ देवीस्थानको उच्च भागमा पर्ने अर्नाकोट पर्यटकीय दृष्टिकोणमा महत्वपूर्ण धार्मिक गन्तव्य मानिन्छ । खानेपानीको धारामा हिउँदमा मुस्किलले दुई गाग्री पानी पनि नआउने स्थानीयको गुनासो छ ।

खानेपानीको समस्या समाधानका लागि अर्नाकोटमा लिफ्ट आयोजनामार्फत खानेपानी वितरण गर्न खोजिए पनि उक्त आयोजनाले पानीको प्यास मेटाउन सकेको छैन । अर्नाकोटमा बाह्रैमास खानेपानीको अभाव हुने गरेको स्थानीय छलवीर विकले गुनासो गरे ।

‘खानेपानीको ठूलो समस्या छ, दुई गाग्री पानीले दिनभर कसरी पुर्‍याउने सरसफाइ र पशुपालनका लागि त खानेपानी पुग्दैन’, ८१ वर्षे विकले भने, ‘पानीको कारणले समयमा सुत्नसमेत पाइँदैन, सक्नेहरू त गाउँ छोडेर सहर पसिसके, हामी गाउँ छोड्न सकिएन, बाँचुञ्जेल प्रशस्त खानेपानी भएको हेर्नसमेत पाइएन ।’

छलवीर जस्तै नरमती रसाइलीको दैनिकी पानीको जोहो गर्नमै बित्छ । उनले खानेपानी ल्याउनका लागि छिमेकी पालिका ढोरपाटन नगरपालिका– ५ स्थित वसन्तधाराको मूलसम्म पुग्ने गरेको बताइन् । ‘एकदुई गाग्री पानी आउँछ त्यही पनि कहिले आउँदैन, एक घण्टा हिँडेर पानी बोक्नुपर्ने अवस्था छ, वर्खामा पुरानो धारामा जेनतेन पानी आउने भए पनि हिउँदमा झनै सास्ती हुन्छ’, नरमतीले भनिन् ।

केही वर्षअघि अर्नाकोटमा लिफ्टिङ प्रविधिबाट ल्याइए पनि पटकपटक बिग्रिएर समस्या भएको छ । विसं २०४७ मा ल्याएको ल्याएको खानेपानी आयोजनाको मुहान सुक्दा अर्नाकोटबाट हरेक दिन बसाइ सर्नेहरु बढिरहेको स्थानीय ओमबहादुर रसाइलीले बताइन् ।

उनले निसीखोलाको पातीहाल्ने नजिकैबाट पानी ल्याउन सम्भव देखिए पनि बजेट अभाव भएको बताए । ढोरपाटन नगरपालिका–५ र निसीखोला–२ मा पर्ने अर्नाकोट क्षेत्रमा करिब चार सय घरधुरी छन् । सबै घरमा खानेपानीको अभाव छ ।

पानीको जोहो गर्नुपर्ने बाध्यताले पठनपाठन असर गरिरहेको अर्नाकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वर सिर्पालीले बताए । विद्यालयमा पर्याप्त पानी नहुँदा बालबालिकालाई खानेपानीको व्यवस्था गर्न नसक्नुका साथै सरसफाइदेखि स्वास्थ्यका क्रियाकलापसमेत प्रभावित भएको उनको भनाइ छ ।

उच्च भूभागमा रहेको अर्नाकोटमा खानेपानी अभाव रहेको बताउँदै मुहानको अभाव रहेको वडाका अध्यक्ष कुवीर विश्वकर्माले बताए । 

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ७ : २० बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड