घनश्यामलाई विष्णु रिमालको चुनौती– अरूको टिप्पणी गर्नुभन्दा आफ्नै पार्टी ‘खत्रा’ बनाउनू’ « Khabarhub

घनश्यामलाई विष्णु रिमालको चुनौती– अरूको टिप्पणी गर्नुभन्दा आफ्नै पार्टी ‘खत्रा’ बनाउनू’


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपमहासचिव तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपा एकीकृत समाजवादीलाई खतरा पार्टी बनाएर देखाउन चुनौती दिएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई लक्षित गर्दै एमालेसहित प्रमुख दलका नेताहरुप्रति टिप्पणी गर्नुभन्दा आफ्नै पार्टीलाई चाहेजस्तो, खोजेजस्तो र सोचेजस्तै खत्रा पार्टी बनाएर देखाउन चुनैती दिएका हुन् ।

उनले लेखेका छन्– ‘… तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि हौ… । चल्तिका एक युवा गायकले के सन्देश दिन यो गीत बनाए, त्यो त उनैलाई थाहा होला । तर मलाईचाहिँ आजभोलि चम्कीचम्की, जुल्फी हल्लाई हल्लाई एमाले सहितका प्रमुख दलका नेताहरुप्रति टिप्पणी गर्ने ‘एस’ भनिने ‘त्यस’ पार्टीका महासचिवको ‘फुरफुरी’ले गीत याद आयो ।’

रिमालले भुसाललाई साँच्चिकै महासचिव भएको हो नि ? भन्दै हो भने आफ्नै पार्टीलाई चाहेजस्तो खतर पार्टी बनाएर देखाए हुन्न भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘महोदय, साँच्चिकै महासचिव भएको हो नि ! हो भने– आफ्नै पार्टीलाई चाहेजस्तै– खोजेजस्तै–सोचेजस्तै खत्रा पार्टी बनाएर देखादिए हुन्न ? अब के को लागि यो ल्याङ, ल्याङ ।’

नेकपा स्थापनाको ७६औँ वर्ष पुरा भएको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै महासचिव भुसालले ‘आई लभ यू होइन, हिसाब देऊ केपी बा भन्नुपर्छ’ भनेर प्रधानमन्त्री ओलीको टिप्पणी गरेका थिए ।

उनले भनेका थिए– ‘शासकमाथि देखिएको विरोधलाई प्रतिवाद गर्न प्रधानमन्त्रीले वैशाख ११ गते ठूलो मास जम्मा गर्दैछन् । दुर्भाग्य ! जुलुसमा आउनेहरूले पनि आइ लभ यु केपी बा भन्ने होलान् । उनीहरूले आइ लभ यु बा होइन । कमरेड केपी हाम्रो हिसाब देऊ । क्रान्तिको हिसाब देऊ । पार्टी विघटन, संसद् विघटन, लोकतन्त्रमाथि भएका आक्रमणको हिसाबकिताब देऊ भन्नुपर्ने हो ।’

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ८ : ५७ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र