जम्मु कश्मीर आतङ्कवादी हमला निन्दनीय : राष्ट्रपति पौडेल « Khabarhub

जम्मु कश्मीर आतङ्कवादी हमला निन्दनीय : राष्ट्रपति पौडेल


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलामा निर्दोष व्यक्तिको ज्यान गएकोमा दुःख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत निर्दोष व्यक्तिलाई लक्षित गरी भएको हिंसात्मक कार्य पूर्णतया निन्दनीय रहेको उल्लेख गरेका छन् ।

उनले घटनामा आफ्ना प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

मङ्गलबार पर्यटकहरूमाथि भएको आतङ्कवादी हमलामा परेर एक नेपालीसहित २६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । घटनामा ज्यान गुमाएका भनिएका नेपालीको भने पहिचान खुलेको छैन ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १० : ०१ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र