बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण | Khabarhub Khabarhub

बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सिरहा– जिल्लाको बरियारपट्टी गाउँपालिका-४ स्थित तेनवापट्टीको बस्तीमा ६० दलित परिवारको बसोबास छ । दक्षिणतर्फ पर्ने हुलाकी सडकबाट नजिकमा रहेको यो बस्तीमा झण्डै चार सय बढी जनसङ्ख्या बसोबास गर्दै आएका छन् । 

गाउँपालिका र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा दुई महिनाअघि यहाँ कलधारा निर्माण गरिएपछि एउटा कुवामा निर्भर गाउँलेहरूलाई खानेपानीको समस्याबाट मुक्ति मिलेको छ । बरियारपट्टी गाउँपालिकाका विभिन्न दलित बस्तीमा हालसम्म ४८ वटा कलधारा उपलब्ध गराइएको हो ।

‘दुई महिना अघिसम्म यहाँका स्थानीय खानेपानीका लागि एउटा कुवामा निर्भर थिए । कुवाको पानी पिउने, हातमुख धुने, नुहाउने, भाँडा माझ्नेलगायत काममा प्रयोग हुन्थ्यो’, स्थानीय अधनियादेवी सदायले भनिन्। अहिले कलधारा निर्माण भएपछि पानीको समस्या समाधान भएको उनको भनाइ छ ।

‘हातमुख धुन, घरायसी प्रयोजनका लागि आवश्यक पर्ने पानी भर्न बिहानैदेखि लाइनमा बस्नुपथ्र्यो । पानीका लागि निकै दुःख र हैरानी बेहोर्नुपरेको थियो’, विगतलाई स्मरण गर्दै सदायले भनिन्, ‘अहिले बस्तीमा १० वटा कलधारा बनाइएको छ । खानेपानीको समस्या समाधान गरेकामा उहाँहरूलाई धन्यवाद ।’

यो कलधारा झण्डै दुई महिनाअघि संस्था र पालिकाले दिएको स्थानीय अमरिकाकुमारी सदायले बताइन्। उनले भनिन ि“त्यसअघि बस्तीमा रहेको कुवाबाट फोहर पानी आउथ्यो । फोहर नै भएपनि पिउनुपर्ने बाध्यता थियो । अहिले जडान गरिएको ट्युबवेलमा भने सफा पानी आइरहेको छ ।” यसअघि एउटा मात्र कुवा हुँदा नुहाउन बढी समस्या हुने गरेको अनुभव उनले सुनाइन् । 

यस्तै समस्या थियो बरियारपट्टीको वडा नं २ स्थित खोक्सीको दलित बस्तीमा । चालीस परिवार रहेको उक्त बस्तीमा अहिले दुई वटा कलधारा जडान गरिएको बस्तीकी फूलकुमारी पासवानले जानकारी दिइन् । उनका अनुसार अन्य केही कलधारा निर्माणको क्रममा छन् । 

त्यसैगरी वडा नं १ स्थित नर्गीमा रहेको दलित बस्तीमा छ वटा कलधारा निर्माण गरिएको छ । गर्मीको समयमा पानीको प्रयोग गर्न सहज भएको स्थानीय बताउँछन् । यहाँका दलित बस्तीमा पानीको चरम अभाव देखेपछि एकीकृत जीविकोपार्जन सुधार परियोजनाअन्तर्गत कलधारा उपलब्ध गराइएको दलित जनकल्याण युवा क्लबका कार्यक्रम संयोजक लालुप्रसाद पोखरेलले बताए। 

उनले भने, ‘यत्रो बस्तीका मानिसहरू एउटै कुवाको पानीमा निर्भर रहनुपरेको बाध्यता थाहा पाएपछि हामीले उहाँहरूलाई सहयोग गरेका हौँ । योसँगै हामीले उहाँहरूको जीविकोपार्जनका लागि अन्य सहयोगहरू पनि गरेका छौँ ।’

संयोजक पोखरेलका अनुसार बरियारपट्टी गाउँपालिकाका विभिन्न दलित बस्तीमा ४८ वटा कलधारा उपलब्ध गराइएको छ । उक्त कलधाराको ३० देखि ६० हजारसम्म लागत रहेको उनको भनाइ छ । 

संयोजक पोखरेलले परियोजनाअन्तर्गत दलित र सीमान्तकृत समुदायको जीविकोपार्जन, आम्दानी तथा उत्पादनमा वृद्धि, सरसफाइ, स्वच्छता र खाद्य व्यवहार सुधार तथा सामुदायिक समूहको सशक्तीकरणका लागि भूमिका निर्वाह गरिरहेको जानकारी दिए । 

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामजुलुम मण्डलले विभिन्न संस्थाहरूसँग सहकार्य र समन्वय गर्दै विपन्न दलित समुदायको जीवनस्तर उकास्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १२ : ३० बजे

राष्ट्रियसभा : विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमाथि छलफल जारी

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक–२०८२ अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल

इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्धको मुद्दा ‘राजनीतिक प्रतिशोध’ का रूपमा आएको ट्रम्पको भनाइ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार (अमेरिकी स्थानीय समय) इजरायली

‘ऊनको स्वीटर’ ले ५१ दिन पार गरेपछि खुसीयाली (तस्बिरहरू)

काठमाडौं – नवीन चौहानको डेब्यू निर्देशन रहेको फिल्म ‘ऊनको स्वीटर’ले

पूर्वराष्ट्रपति भण्डारीद्वारा धान दिवसको शुभकामना

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको दिगो विकासमा जोड दिनुपर्ने

सङ्घीय निजामती सेवा विधेयकमा छलफल सुरु

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक २०८२’ मा