नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौँ अधिवेशन सम्पन्न « Khabarhub

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौँ अधिवेशन सम्पन्न


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पारस मणि मिश्रलाई अध्यक्षमा निर्वाचित गरेको छ । मिश्रले २८३ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी शालिग्राम अर्यालले १८६ मत प्राप्त गरेका थिए ।

कुल ४४४ भौतिक र ३५ अनलाइन गरी ४७९ मत खसेकोमा १० मत बदर भएका थिए । उपाध्यक्ष पदमा गणेश थापा, चक्र विक्रम शाही, रमेश घिमिरे र गिरीराज अधिकारी निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर शाही, महासचिवमा सुरेश कुमार यादव र रमेश सुवेदी, सहमहासचिवमा नरेश बास्कोटा, विनोद श्रेष्ठ, कृष्ण बहादुर खत्री तथा कोषाध्यक्षमा निर्मला परियार रहेका छन्। सदस्यहरूमा नवराज श्रेष्ठ, रमेश तिम्सिना, राघव चन्द्र अधिकारी, विष्णु पौडेल, नवीन सापकोटा र घनश्याम तिवारी निर्वाचित भएका छन् ।

कार्यक्रमको अध्यक्षता समितिका तत्कालीन अध्यक्ष जितेन्द्र विक्रम शाहीले गरेका थिए । प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि तथा जनसम्पर्क समिति भारतका सभापति बालकृष्ण पाण्डे सहभागी थिए । नेपाली कांग्रेसले निर्वाचन अधिकृतको जिम्मेवारी नवीन थपलियालाई दिएको थियो ।

प्रमुख अतिथि पाण्डेले विदेशमा रहेका नेपालीहरूको सीप, पुँजी र नेटवर्कको सदुपयोग गर्दै नेपालमा रोजगारी सिर्जना र समृद्धि ल्याउन सकिने बताउँदै, पर्यटन प्रवर्द्धनका लागि प्रवासी नेपालीहरूले आ-आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिए । अधिवेशनलाई नमूना सभाका रूपमा चित्रण गर्दै उनले अनुशासन र समावेशिताको प्रशंसा गरेका थिए ।

निर्वाचन अधिकृत थपलियाले निष्पक्ष, समावेशी र पारदर्शी निर्वाचनका लागि सबैलाई बधाई दिँदै, यस पटकको निर्वाचन धेरै सहभागीहरूको लागि पहिलो अनुभव भएको र लोकतान्त्रिक प्रक्रियाको अभ्यासमा उनीहरूले नयाँ अनुभव लिएको बताए ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १ : ५० बजे

निर्वाचन तालिका स्थगित गर्नुपर्ने माग लिएर देउवा समूह आयोग पुग्दै

काठमाडौं- नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा समूहले फागुन २१

आनाको फिल्म ‘रमिताको पिरती’मा कुशलको र्‍याप

काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’को शीर्ष

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि