नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौँ अधिवेशन सम्पन्न « Khabarhub

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौँ अधिवेशन सम्पन्न


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पारस मणि मिश्रलाई अध्यक्षमा निर्वाचित गरेको छ । मिश्रले २८३ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी शालिग्राम अर्यालले १८६ मत प्राप्त गरेका थिए ।

कुल ४४४ भौतिक र ३५ अनलाइन गरी ४७९ मत खसेकोमा १० मत बदर भएका थिए । उपाध्यक्ष पदमा गणेश थापा, चक्र विक्रम शाही, रमेश घिमिरे र गिरीराज अधिकारी निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर शाही, महासचिवमा सुरेश कुमार यादव र रमेश सुवेदी, सहमहासचिवमा नरेश बास्कोटा, विनोद श्रेष्ठ, कृष्ण बहादुर खत्री तथा कोषाध्यक्षमा निर्मला परियार रहेका छन्। सदस्यहरूमा नवराज श्रेष्ठ, रमेश तिम्सिना, राघव चन्द्र अधिकारी, विष्णु पौडेल, नवीन सापकोटा र घनश्याम तिवारी निर्वाचित भएका छन् ।

कार्यक्रमको अध्यक्षता समितिका तत्कालीन अध्यक्ष जितेन्द्र विक्रम शाहीले गरेका थिए । प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि तथा जनसम्पर्क समिति भारतका सभापति बालकृष्ण पाण्डे सहभागी थिए । नेपाली कांग्रेसले निर्वाचन अधिकृतको जिम्मेवारी नवीन थपलियालाई दिएको थियो ।

प्रमुख अतिथि पाण्डेले विदेशमा रहेका नेपालीहरूको सीप, पुँजी र नेटवर्कको सदुपयोग गर्दै नेपालमा रोजगारी सिर्जना र समृद्धि ल्याउन सकिने बताउँदै, पर्यटन प्रवर्द्धनका लागि प्रवासी नेपालीहरूले आ-आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिए । अधिवेशनलाई नमूना सभाका रूपमा चित्रण गर्दै उनले अनुशासन र समावेशिताको प्रशंसा गरेका थिए ।

निर्वाचन अधिकृत थपलियाले निष्पक्ष, समावेशी र पारदर्शी निर्वाचनका लागि सबैलाई बधाई दिँदै, यस पटकको निर्वाचन धेरै सहभागीहरूको लागि पहिलो अनुभव भएको र लोकतान्त्रिक प्रक्रियाको अभ्यासमा उनीहरूले नयाँ अनुभव लिएको बताए ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १ : ५० बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य

सप्तकोशी ब्यारेजमा रात्रिकालीन मेलाको रौनक (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा सुनसरीको सप्तकोशी ब्यारेज क्षेत्रमा हरेक वर्ष

‘देउवा दाइको चाहना महाधिवेशन रोकेर गगनजीहरू संवादमा आऊन् भन्ने छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

काठमाडौं– सपना हो कि विपना हो यो, के हो जिन्दगी

पोखरा विश्वविद्यालयका चार संकायमा डिन नियुक्तिका लागि आवेदन आह्वान

पोखरा – पोखरा विश्वविद्यालयले चारवटै संकायमा खुला प्रतिस्पर्धाका आधारमा डिन