जम्मू–कश्मीर आक्रमणका शङ्कास्पद तीन व्यक्तिको स्केच सार्वजनिक « Khabarhub

जम्मू–कश्मीर आक्रमणका शङ्कास्पद तीन व्यक्तिको स्केच सार्वजनिक


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जम्मू-कश्मीरस्थित पहलगाममा २७ जना पर्यटक मारिने गरी भएको आतंककारी आक्रमणमा संलग्न भनिएकाहरूको स्केच सार्वजनिक गरिएको छ।

मंगलबार भएको आक्रमणमा २७ जनाको ज्यान जाँदा २० भन्दा बढी घाइते भएका छन् । स्थानीय बेसरन उपत्यकामा खचाखच पर्यटक रमाइरहेका बेला आक्रमण भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

लश्कर-ए-तैयबाले जिम्मेवारी लिएको उक्त आक्रमणमा मृत्यु हुनेहरूमा एकजना नेपाली युवा सुदीप न्यौपाने पनि छन् । उनी रुपन्देहीको बुटवल उपमहानगरपालिकाका हुन्।

आक्रमणमा यूएईका एकजना मारिएका छन् । स्थानीयबासी दुईसहित भारतकै उत्तर प्रदेश, गुजरात, मध्यप्रदेश, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिसाका पर्यटक पनि मारिएको समाचार आएको छ ।

यसैबीच भारतीय सुरक्षा अधिकारीले पहलगाम आक्रमणका शङ्कास्पद आतंककारीको स्केच जारी गरेको छ । जसको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा भएको इन्टेलिजेन्स एजेन्सीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम दैनिक भाष्करको अनलाइन संस्करणले जनाएको छ ।

सुरक्षा एजेन्सीका अनुसार यो आक्रमणका ‘मास्टर माइण्ड’ लश्कर– ए– तैयबाका सह-प्रमुख सैफुल्लाह खालिद रहेको उल्लेख गरिएको छ ।

समाचार अनुसार यो आक्रमणको जिम्मेवारी लश्कर–ए–तैयबाको ‘प्रोक्सी विङ’ द रजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले लिएको छ ।

यसैबीच पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले यो आक्रमणमा पाकिस्तानको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

भारतीय सुरक्षा संस्था नेशनल इन्भेस्टिगेशन एजेन्सी (एनआईए) निरीक्षणका लागि पहलगाम पुगेको छ ।

मिडियाका अनुसार जम्मू–कश्मीरमा १४ फेब्रुअरी सन् २०१९ मा भएको पुलवा आक्रमणपछि यो सबैभन्दा ठूलो आक्रमण हो ।

पुलवामा सीआरपीएफको समूहमाथि संगठित आक्रमण भएको थियो । जसमा ४० जवान शहीद भएका थिए । यो आक्रमणको जिम्मेवारी जैश– ए– मोहम्मदले लिएको थियो ।

४ शङ्कास्पदको तस्बिर भाइरल

पहलगाम आक्रमणका शङ्कास्पद व्यक्तिहरू भनिएको, सामाजिक सञ्जालमा भाइरल तस्बिर

सोसल प्लेटफर्ममा एउटा तस्बिर भाइरल भइरहेको छ । यो तस्बिर पहलगाममा आक्रमण गर्ने ४ आतंककारी रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यद्यपि सुरक्षा अधिकारीहरूका तर्फबाट शङ्कास्पद व्यक्तिको स्केचमात्र सार्वजनिक गरिएको छ । सुरक्षा एजेन्सीले आक्रमण देख्ने साक्षीहरूको सहयोगबाट यो स्केच बनाएको हो ।

आक्रमण आसिफ फौजी, सुलेमान शाह र अबु तल्हाले गरेको सुरक्षा एजेन्सीले उल्लेख गरेका छन् । यद्यपि कुनचाहिँ तस्बिर कसको हो भन्ने नखुलेको सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  २ : ३६ बजे

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार

राप्रपा कोशीका प्रवक्ता राउतले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोशी प्रदेश कार्यसमिति प्रवक्ता

पूर्वसभामुख महरा र छोरा राहुलविरूद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन

नीति तथा कानुन निर्माणमा सहजीकरण गर्न सदैव तयार छु : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा ऐन कानुन निर्माण