मोदीसँग प्रधानमन्त्री ओलीको फोन संवाद, कश्मीर आक्रमणको कडा शब्दमा निन्दा « Khabarhub

मोदीसँग प्रधानमन्त्री ओलीको फोन संवाद, कश्मीर आक्रमणको कडा शब्दमा निन्दा


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको जम्मू-कश्मीरस्थित पहलगाममा नेपाली युवक सुदीप न्यौपानेसहित २७ जनाको ज्यान जाने गरी मंगलबार भएको चरमपन्थी आक्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई फोन गरेका छन् ।

मंगलबार भएको उक्त घटनालाई लिएर ओलीले प्रधानमन्त्री मोदीलाई फोन सम्पर्क गरी जम्मू-कश्मीरमा भएको जघन्य आतंकवादी हमलाको कडा निन्दा गरेका हुन् ।

ओलीले मोदीसँगको फोन संवादका क्रममा बहुमूल्य जीवन गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेका काठमाडौंस्थित भारतीय दूतावासले बुधबार जनाएको छ ।

उक्त फोन संवादका क्रममा प्रधानमन्त्री मोदीले पनि आतंकवादी हमलामा एकजना नेपाली नागरिक (सुदीप न्यौपाने) को मृत्यु भएकोप्रति समवेदना व्यक्त गरेका छ्न ।

उनले उक्त क्रूर आतंकवादी हमलाका अपराधीहरूलाई न्यायको कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको पनि ओलीलाई आश्वासन दिएका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयशवालले उक्त आतंकवादविरुद्धको लडाइँमा भारत र नेपाल एकसाथ उभिएका पनि मोदीले बताएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ४ : १६ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस