मोदीसँग प्रधानमन्त्री ओलीको फोन संवाद, कश्मीर आक्रमणको कडा शब्दमा निन्दा « Khabarhub

मोदीसँग प्रधानमन्त्री ओलीको फोन संवाद, कश्मीर आक्रमणको कडा शब्दमा निन्दा


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको जम्मू-कश्मीरस्थित पहलगाममा नेपाली युवक सुदीप न्यौपानेसहित २७ जनाको ज्यान जाने गरी मंगलबार भएको चरमपन्थी आक्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई फोन गरेका छन् ।

मंगलबार भएको उक्त घटनालाई लिएर ओलीले प्रधानमन्त्री मोदीलाई फोन सम्पर्क गरी जम्मू-कश्मीरमा भएको जघन्य आतंकवादी हमलाको कडा निन्दा गरेका हुन् ।

ओलीले मोदीसँगको फोन संवादका क्रममा बहुमूल्य जीवन गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेका काठमाडौंस्थित भारतीय दूतावासले बुधबार जनाएको छ ।

उक्त फोन संवादका क्रममा प्रधानमन्त्री मोदीले पनि आतंकवादी हमलामा एकजना नेपाली नागरिक (सुदीप न्यौपाने) को मृत्यु भएकोप्रति समवेदना व्यक्त गरेका छ्न ।

उनले उक्त क्रूर आतंकवादी हमलाका अपराधीहरूलाई न्यायको कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको पनि ओलीलाई आश्वासन दिएका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयशवालले उक्त आतंकवादविरुद्धको लडाइँमा भारत र नेपाल एकसाथ उभिएका पनि मोदीले बताएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ४ : १६ बजे

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट