वीर अस्पतालमा थपियो ९ वटा बेडको सर्जिकल आईसीयू  « Khabarhub

वीर अस्पतालमा थपियो ९ वटा बेडको सर्जिकल आईसीयू 


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीर अस्पतालमा ९ वटा सर्जिकल आईसीयू बेड थपिएको छ । 

बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा उक्त सर्जिकल आईसीयूको उद्‌घाटन भएको छ । ९ बेड थपिएसँगै अब आईसीयूका बेड १ सय १० पुगेको छ । मन्त्री पौडेलले नागरिकको भरोसा जित्न सफल भएको वीर अस्पतालका सेवालाई आगामी दिनमा थप विस्तार गर्न आवश्यक भएको बताए ।

वीर अस्पतालमा बिरामीको संख्या बढ्नु भीडभाड नभई अस्पतालप्रतिको आकर्षण भएको मन्त्री पौडेलले बताए । ‘अस्पतालप्रति विश्वास नभएको भए यतिका मान्छे अस्पतालमा आउँदैन थिए’, मन्त्री पौडेलले भने,‘ चिकित्सकहरूले राम्रो उपचार सँगै नर्सहरूले राम्रो हेरचाह गरेर नै वीरमा आकर्षण बढेको हो ।’

राष्ट्रको ढुकुटी कमजोर अवस्थामा रहेकाले भएका स्रोत साधनको प्रयोग गरी अधिकतम फाइदा लिनुपर्ने अवस्था रहेको मन्त्री पौडेलले बताए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति भुपेन्द्र बस्नेतले न्याम्सको स्थापनासँगै संघमा केन्द्रीकृत विशेषज्ञ चिकित्सकीय सेवालाई जिल्ला अस्पतालसम्म पुर्‍याउन सफल भएको बताए ।

हालसम्म न्याम्सले ३ हजार भन्दा बढी विशेषज्ञ चिकित्सक उत्पादन गरिसकेको उनले बताए । न्याम्सले हाल काठमाडौँ उपत्यका तथा बाहिर गरेर विभिन्न २४ अस्पतालहरूमा अध्यापन तथा तालिम दिँदै आएको छ । उनले आफूले वीर अस्पतालमा निर्देशकका रुपमा काम गर्दा ५ वटा मात्रै आईसीयू बेड अहिले ११० वटा पुर्‍याउन सफल भएको उनले बताए ।

‘आइसीयु बेड मिलाइदिनका लागि उच्च तहबाट धेरै दबाब आउने गथ्र्यो,’ ती दिनको स्मरण गर्दै उनले भने,‘ धेरै दबाबका बीच काम गर्नु परेको थियो । तर सेवा विस्तार हुँदा आइसीयु बेड सजिलै पाइने भएको छ ।’

हाल १८ शल्यक्रिया कक्षबाट सेवा दिँदै आएको अस्पतालले कुल ९ शय ६० बेड सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : ३७ बजे

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई