शेरबहादुर स्मृति महिला भलिबलमा एपीएफ विजयी « Khabarhub

शेरबहादुर स्मृति महिला भलिबलमा एपीएफ विजयी


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एपीएफ क्लबले आठौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।  

बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको उद्घाटन खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गरेको हो । खेलमा एपीएफले आर्मीलाई २५–२०, २५–१३ र २५–१६ मा हरायो ।  

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सुरु प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको छ । जस अन्तर्गत समूह ए मा एपीएफ, एभरेष्ट र नेपाल आर्मी तथा समूह बी मा नेपाल पुलिस क्लब र टिप टप न्यु डायमन्ड रहेका छन् । 

विजेताले ४ लाख ९९ हजार र उपविजेताले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : ०३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका