शेरबहादुर स्मृति महिला भलिबलमा एपीएफ विजयी « Khabarhub

शेरबहादुर स्मृति महिला भलिबलमा एपीएफ विजयी


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एपीएफ क्लबले आठौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।  

बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको उद्घाटन खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गरेको हो । खेलमा एपीएफले आर्मीलाई २५–२०, २५–१३ र २५–१६ मा हरायो ।  

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सुरु प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको छ । जस अन्तर्गत समूह ए मा एपीएफ, एभरेष्ट र नेपाल आर्मी तथा समूह बी मा नेपाल पुलिस क्लब र टिप टप न्यु डायमन्ड रहेका छन् । 

विजेताले ४ लाख ९९ हजार र उपविजेताले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : ०३ बजे

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज

काठमाडौं–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका