ऊर्जामन्त्री र सचिवसँग विवादपछि राज्यमन्त्री तामाङ बर्खास्त « Khabarhub

ऊर्जामन्त्री र सचिवसँग विवादपछि राज्यमन्त्री तामाङ बर्खास्त


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङलाई लिएर ऊर्जामन्त्री दीपक खड्कासँग सुरू भएको द्वन्द्व बढ्दै गएपछि तामाङ बर्खास्तीमा परेका छन् ।

त्यसैगरी ऊर्जा सचिव सुरेश आचार्यसँग पनि उनको तनाव थियो । आफ्नो कार्यक्रममा उपस्थित नभएको भन्दै उनले ऊर्जा सचिव आचार्यलाई स्पष्टीकरण सोधेका थिए ।

मन्त्रीदेखि सचिवसहितसँग झगड चलेपछि कार्यशैलीमा प्रश्न उठेको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि राखेका थिए ।

त्यसपछि गृहमन्त्री रमेश लेखकले तामाङलाई राजीनामा दिन सुझाएका थिए । तर, तामाङले राजीनामा नदिने अडान लिँदा प्रधानमन्त्रीले बर्खास्त गरेका हुन् ।

कांग्रेसका सांसदसमेत रहेका तामाङले नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा उभिएर उनको बर्खास्तीविरुद्ध बोलेका थिए ।

मन्त्रालयका सचिव आचार्यसँगको विवाद हुँदा सोधिएको स्पष्टीकरण पनि विवादमा परेको थियो । तिनै कारण तामाङले पद गुमाउन पुगेका हुन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : ०४ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित