ऊर्जामन्त्री र सचिवसँग विवादपछि राज्यमन्त्री तामाङ बर्खास्त « Khabarhub

ऊर्जामन्त्री र सचिवसँग विवादपछि राज्यमन्त्री तामाङ बर्खास्त


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङलाई लिएर ऊर्जामन्त्री दीपक खड्कासँग सुरू भएको द्वन्द्व बढ्दै गएपछि तामाङ बर्खास्तीमा परेका छन् ।

त्यसैगरी ऊर्जा सचिव सुरेश आचार्यसँग पनि उनको तनाव थियो । आफ्नो कार्यक्रममा उपस्थित नभएको भन्दै उनले ऊर्जा सचिव आचार्यलाई स्पष्टीकरण सोधेका थिए ।

मन्त्रीदेखि सचिवसहितसँग झगड चलेपछि कार्यशैलीमा प्रश्न उठेको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि राखेका थिए ।

त्यसपछि गृहमन्त्री रमेश लेखकले तामाङलाई राजीनामा दिन सुझाएका थिए । तर, तामाङले राजीनामा नदिने अडान लिँदा प्रधानमन्त्रीले बर्खास्त गरेका हुन् ।

कांग्रेसका सांसदसमेत रहेका तामाङले नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा उभिएर उनको बर्खास्तीविरुद्ध बोलेका थिए ।

मन्त्रालयका सचिव आचार्यसँगको विवाद हुँदा सोधिएको स्पष्टीकरण पनि विवादमा परेको थियो । तिनै कारण तामाङले पद गुमाउन पुगेका हुन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : ०४ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र