शर्मिला वाइबालाई आक्रमण गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

शर्मिला वाइबालाई आक्रमण गरेको आरोपमा दुई जना पक्राउ


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शर्मिला वाइबा (राई) लाई आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भई काठमाडौं बस्ने ३५ वर्षीय शर्मिला श्रेष्ठ भन्ने शर्मिला राई र चाँगुनारायण बस्ने ४२ वर्षीय बाबु भन्ने कुवेर सिलवाल रहेका छन् । 

वैशाख ३ गते बुलुका ५ बजे गोठ्ठाटार पहेँलो पुल नजिकै मन्दिर अगाडी शर्मिला वाईवालाई ज्यान मार्ने उद्देश्यले फलामको रड प्रहार गरी गम्भीर घाइते बनाएको भनी प्रहरी वृत्त बानेश्वर काठमाडौंमा ज्यान मार्ने उद्योग कसूरमा जाहेरी दरखास्त दर्ता भएपछि उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउको आदेश दिएको थियो । 

वारदात पश्चात् फरार रहेका उनीहरूमा शर्मिलालाई ललितपुर महालक्ष्मीबाट र कुवेरलाई भक्तपुर चाँगुनारायणबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको टोलीले पक्राउ गरेको हो । 
 
उनीहरूमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागी प्रहरी वृत्त बानेश्वर पठाइएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : ५८ बजे

संसदको पहिलो सम्बोधनमा हर्क साम्पाङले के भने ?

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले आफ्नो

चितवन मालपोत कार्यालयमा सेटिङ धन्दा, ६ बिचौलिया पक्राउ

चितवन– भरतपुरस्थित मालपोत कार्यालयमा अनधिकृत रूपमा प्रवेश गरेका ६ जना

महावीर पुनको विदेशबाट मतदान प्रस्तावमा सत्तापक्षको ताली

काठमाडौं– स्वतन्त्र सांसद महावीर पुनले विदेशमा रहेका नेपालीले पनि आम निर्वाचनमा भोट

म प्रायः कसैसँग मिल्दिनँ : महावीर पुन

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफू अरुभन्दा फरक रहेकाले कसैसँग

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले