आज २०८२ साल जेठ ९ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ ९ गते शुक्रबारको राशिफल


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ ९ गते शुक्रबार। जेठ कृष्ण पक्षको एकादशी तिथि। अपरा एकादशी व्रत। सिद्धचरण श्रेष्ठ जन्म जयन्ती। तदनुसार सन् २०२५ मे २३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य राम्रो छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा ठगबाट सचेत हुनुपर्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। तपाईंको बोलीको प्रभाव पर्नेछ। सामाजिक सेवा र परोपकारमा मन जानेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। परिवारको साथ लिएर गरेको व्यापारबाट फाइदा हुनेछ।

मिथुन : तपाईंका लागि दिन राम्रो छ। पुराना साथीसँग भेट हुनेछ। शिक्षा क्षेत्रमा फाइदा हुने दिन छ। स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। सोचेको काम बन्नेछ। शिक्षा क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ। साथीको साथ मिल्नेछ। संकटमा परिवारले सहयोग गर्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : समय सामान्य छ। सहयोगी हात टाढा पुग्ने जोखिम छ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ। शिक्षामा मिहिनेत धेरै गर्नुपर्ने देखिन्छ। संकटमा गुरुले साथ दिनेछन्।

कन्या : दैनिकी सामान्य छ। बोल्दा सोचेर बोल्नुपर्ने छ। तपाईंले गरेको कामको जस अरुले लिने योग छ। बिहान दान गरेर दिनको सुरुवात गर्नु उत्तम हुन्छ। संकटमा साथीको साथ प्राप्त हुनेछ।

तुला : दैनिकी सामान्य राम्रो छ। श्रमको मूल्यांकन हुनेछ। सामाजिक क्षेत्रमा रुचि बढ्नेछ। आर्थिक क्षेत्रमा लगानी भए व्यापार नाफा हुनेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुने देखिन्छ।

वृश्चिक : समय राम्रो छ। कर्म क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। बौद्धिक क्षेत्रमा तपाईंको चर्चा हुँदा मन शान्त हुनेछ।

धनु : दिन सामान्य छ। तपाईंले गरेको श्रमको फल अर्कैले खानेछ। लगानी भए शिक्षा र स्वास्थ्यमा तपाईंको उन्नति हुनेछ। परिवारमा खटपटी हुने जोखिम देखिन्छ। कसैलाई पनि पूर्ण विश्वास नगर्नु राम्रो हुन्छ।

मकर : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। घरजग्गाको कारोबारबाट उन्नति हुनेछ। साथीसँगको भेटले दिन रमाइलो हुनेछ। परिवारलाई समय दिन नसक्दा भने खटपटी बढ्नेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। झुटा आरोप लाग्ने जोखिम हुनसक्छ। हरेक क्षेत्रमा मिहिनेत बढी नै गर्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा सामान्य प्रगति हुनेछ। परिवारमा भने मनमुटाव बढ्ने योग छ।

मीन : दोधारे बानीले मन अशान्त बन्नेछ। संघर्षबाट सफलता मिल्ने देखिन्छ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक लगानी गरेको भए उन्नति हुनेछ। परिवारको साथ प्राप्त हुनेछ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ५ : ०१ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने