पर्सामा तीन लाख ५१ हजार बढी मतदाताको नाम अद्यावधिक « Khabarhub

पर्सामा तीन लाख ५१ हजार बढी मतदाताको नाम अद्यावधिक


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पर्सा– जिल्ला निर्वाचन कार्यालय पर्सामा आर्थिक वर्ष २०८१ को चैत मसान्तसम्म मतदाता नामावली अद्यावधिक गर्नेको सङ्ख्या तीन लाख ५१ हजार ६२८ जना पुगेको छ । कार्यालयका प्रमुख अनामिका रौनियारले पर्सामा सबैभन्दा धेरै मतदाता वीरगञ्ज महानगरमा रहेको जानकारी दिइन् ।

‘महानगरमा एक लाख ३२ हजार ३९३ जना मतदाता रहेका छन्’, उनले भनिन्, ‘महानगरमा पुरुष मतदाता सङ्ख्या ७५ हजार १६९ रहेको छ भने महिला मतदाताको सङ्ख्या ५७ हजार २२० जना रहेका छन् ।’

कार्यालयका अनुसार पछिल्लो समय महिलाहरू मतदाता नामावलीमा आफ्नो नाम राख्न इच्छुक हुँदै गइरहेका छन् ।

वीरगञ्ज महानगरमा अन्य समुदायका मतदाता सङ्ख्या भने चार जना छन् । कार्यालयका अनुसार छिपरमाई गाउँपालिकामा १५ हजार ९७२, जगरनाथपुर गाउँपालिकामा १८ हजार ६७२, धोबिनी गाउँपालिकामा १२ हजार ४२५ जना मतदाता रहेका छन् ।

पकहाँमैनपुर गाउँपालिकामा १२ हजार ५९२ जना रहेका छन् । त्यसैगरी बिन्दवासिनी गाउँपालिकामा १५ हजार १८८ र सखुवाप्रसौनी गाउँपालिकामा २० हजार १४४ मतदाता छन् ।

कालिकामाई गाउँपालिकामा १३ हजार २८२, जिराभवानी गाउँपालिकामा १४ हजार २६४ र ठोरी गाउँपालिकामा १४ हजार ६७६ जना छन् । पटेर्वा सुगौली गाउँपालिकामा १४ हजार ३३, पर्सागढी नगरपालिकामा २२ हजार ९५१ जना मतदाता रहेका छन् ।

त्यस्तै पोखरिया नगरपालिकामा २० हजार ४३ र बहुदरमाई नगरपालिकामा पनि २४ हजार ९९३ जना मतदाता रहेका छन् । पर्सामा अन्य समुदायका १५ जना मतदाता छन् ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ८ : ०२ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ