सिप मेला २०८२ को दोस्रो दिन १ हजार ४५५ प्रशिक्षार्थी सहभागी  « Khabarhub

सिप मेला २०८२ को दोस्रो दिन १ हजार ४५५ प्रशिक्षार्थी सहभागी 


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘सिप मेला २०८२’ को दोस्रो दिनका कार्यक्रममा प्रशिक्षार्थीहरूको उत्साहजनक सहभागिता जनाएका छन् । मेलामा तालिमका लागि छानिएका (वैकल्पिकसहित) ३ हजार ५५ जनामध्ये  १ हजार ४५५ जनाले सहभागी भएका छन् । 

बिहान ११ बजेदेखि सुरु भएका कक्षाहरू ३ वटा सिफ्टमा चलेका थिए । शुक्रबार बागबजारस्थित काठमाडौं  मोडल कलेजमा चलाइएका कक्षाहरू ९० वटा थिए । 

कक्षाहरू करियर काउन्सिलिङ, उद्यमशीलता विकास र पेसागत दक्षता विषयमा केन्द्रित थिए । ती कक्षाहरू मोडल कलेज, इन्स्योर हेल्वटास नेपाल, नेपाल चेम्बर अफ कमर्सका प्रशिक्षकहरूले  दिएको महानगरले जानकारी दिएको छ । 

तालिम संयोजक देवेन्द्र केसीका अनुसार  तालिमपूर्वक प्रशिक्षण, तालिम अवधिको प्रशिक्षण र तालिमपछिका क्रियाकलाप गरी ३ चरणमा बाँडिएको छ । सैद्धान्तिक कक्षापछि आइतबार बिहान ७ बजेदेखि टुँडिखेलमा प्रयोगात्मक कक्षाहरू सुरु हुनेछन् । 

मेलामा १० क्षेत्रका ४२ पेसामा निःशुल्क तालिम सञ्चालन हुनेछन् । जसमध्येका ३७ वटा तालिम टुँडिखेलमा र बाँकी तालिम महानगरले तोकेका ल्याबहरूमा हुनेछन् ।

तालिम एक महिनाभित्र  १०० घण्टाको हुने महानगरले जानकारी दिएको छ । छनोट भएकाहरूलाई फाराममा उल्लेखित फोन नम्बरमा सहभागिताका लागि सन्देश पठाइएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ११ : २६ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

खानाको व्यवस्था नभएपछि कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएकाहरू आन्दोलित (तस्बिरहरू)

काठमाडौँ– खानाको व्यवस्था नभएपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा रहेको सुकुमवासी होल्डिङ

सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौँ– मुलुकका सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०८३–०८४ को

गरिबमाथि राज्य किन यति निर्मम ?

शनिबार कैलालीमा एक महिलाको टेम्पो भीरबाट खसालिदिएको भिडियो भाइरल भयो

जेनजी शहीद स्मारक पार्क निर्माण अलपत्र (तस्बिरहरू)

काठमाडौँ– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका