सिप मेला २०८२ को दोस्रो दिन १ हजार ४५५ प्रशिक्षार्थी सहभागी  « Khabarhub

सिप मेला २०८२ को दोस्रो दिन १ हजार ४५५ प्रशिक्षार्थी सहभागी 


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘सिप मेला २०८२’ को दोस्रो दिनका कार्यक्रममा प्रशिक्षार्थीहरूको उत्साहजनक सहभागिता जनाएका छन् । मेलामा तालिमका लागि छानिएका (वैकल्पिकसहित) ३ हजार ५५ जनामध्ये  १ हजार ४५५ जनाले सहभागी भएका छन् । 

बिहान ११ बजेदेखि सुरु भएका कक्षाहरू ३ वटा सिफ्टमा चलेका थिए । शुक्रबार बागबजारस्थित काठमाडौं  मोडल कलेजमा चलाइएका कक्षाहरू ९० वटा थिए । 

कक्षाहरू करियर काउन्सिलिङ, उद्यमशीलता विकास र पेसागत दक्षता विषयमा केन्द्रित थिए । ती कक्षाहरू मोडल कलेज, इन्स्योर हेल्वटास नेपाल, नेपाल चेम्बर अफ कमर्सका प्रशिक्षकहरूले  दिएको महानगरले जानकारी दिएको छ । 

तालिम संयोजक देवेन्द्र केसीका अनुसार  तालिमपूर्वक प्रशिक्षण, तालिम अवधिको प्रशिक्षण र तालिमपछिका क्रियाकलाप गरी ३ चरणमा बाँडिएको छ । सैद्धान्तिक कक्षापछि आइतबार बिहान ७ बजेदेखि टुँडिखेलमा प्रयोगात्मक कक्षाहरू सुरु हुनेछन् । 

मेलामा १० क्षेत्रका ४२ पेसामा निःशुल्क तालिम सञ्चालन हुनेछन् । जसमध्येका ३७ वटा तालिम टुँडिखेलमा र बाँकी तालिम महानगरले तोकेका ल्याबहरूमा हुनेछन् ।

तालिम एक महिनाभित्र  १०० घण्टाको हुने महानगरले जानकारी दिएको छ । छनोट भएकाहरूलाई फाराममा उल्लेखित फोन नम्बरमा सहभागिताका लागि सन्देश पठाइएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ११ : २६ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले