सरकारको स्वास्थ्य नीति चिकित्सक उत्पादनमा केन्द्रित | Khabarhub Khabarhub

सरकारको स्वास्थ्य नीति चिकित्सक उत्पादनमा केन्द्रित


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आर्थिक सुधार कार्ययोजना २०८२ अन्तर्गत स्वास्थ्य नीतिमा चिकित्सकहरूको उत्पादन बढाउनेतर्फ केन्द्रित हुने उल्लेख गरेकाे छ । 

नेपालमा हाल उपलब्ध चिकित्सकहरूकै व्यवस्थापन गर्न र उनीहरूलाई मागअनुसारको सेवा सुविधा प्रदान गर्न नसकिरहेको अवस्थामा कार्ययाेजनामा उक्त कुरा उल्लेख छ । सरकारले लामो समयदेखि स्थायी दरबन्दी नखोल्दा चिकित्सा क्षेत्रको ठूलो जनशक्ति बाहिरिएको छ । नेपालमै भएकाहरू न्यून पारिश्रमिकमा निजी अस्पतालमा काम गर्न बाध्य छन् । 

त्यस्तै बागमती बाहेकका प्रदेशमा एक एक वटा सुविधा सम्पन्न अस्पतालको निर्माण गर्ने, प्राकृतिक तथा आयुर्वेदिक चिकित्सा प्रणालीको प्रवर्द्धन गर्ने, छात्रवृत्तिमा चिकित्साशास्त्र विषयमा सरकारी वा निजी कलेजमा पढ्ने विद्यार्थीलाई ५ वर्ष अनिवार्य रूपमा स्वदेशमै सेवा गर्नुपर्ने कानुनी व्यवस्था गर्ने योजना पनि सरकारले अघि सारेको छ । 

स्वास्थ्य क्षेत्रको उपकरण खरिदका लागि सोसँग सम्बन्धित विशेषज्ञहरू भएको छुट्टै निकाय स्थापना गर्ने र न्यूनतम आयको सीमा तोकी सो भन्दा न्यून आय भएकालाई स्वास्थ्य बीमाको प्रिमियम तिर्न नपर्ने तर सामाजिक सुरक्षा कर तिर्न पर्ने र सीमा भन्दा माथि भएकोले प्रिमियम तथा कर दुवै तिर्नुपर्ने व्यवस्था गर्ने र स्थानीयबाट तथा प्रदेशबाट संघीय अस्पतालमा अनिवार्य रिफरल प्रणाली अवलम्बन गर्न हाल भएको कार्यविधिमा सामयिक परिमार्जनसहित प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने विषय पनि कार्य योजनामा उल्लेख छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  १ : २७ बजे

अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू

काठमाडौं– अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) को सुरु गरेको

गाजामा विनाशबीच माइक्रोसफ्टले बन्द गर्‍यो इजरायली सेनाका केही सुविधा 

वासिङ्टन– माइक्रोसफ्टले इजरायली सेनाका लागि उपलब्ध गराइराखेका केही सेवा बन्द

कुष्माण्डा देवीको पूजा आराधना गरियो

काठमाडौं– नवरात्रको पाँचौँ दिन तिथिको घटबढले शुक्रबार पनि कुष्माण्डा देवीको

‘जेन-जी’ आन्दोलनका घाइते भेट्न अस्पताल पुगे सञ्चारमन्त्री (तस्बिरहरू)

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले टिचिङ हस्पिटलमा

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्माले लिए शपथ

काठमाडौं– नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले शपथ लिएका