रविको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी « Khabarhub

रविको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिएको छ ।

गत मंगलबारदेखि हेर्दाहेर्दैमा राखिएको यस मुद्दामा शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएको थियो । न्यायाधीशद्वयको इजलासमा सुनुवाइ सकिएपछि अब आदेशको प्रतिपक्षा गरिएको छ।

शुक्रबार रवि लामिछाने र गोर्खा मिडिया नेट्वकर्मा उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीविरुद्ध जाहेरी दिएका कानुन व्यवसायीले बहस गरे ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमसहितले शुक्रबार बहस गरे ।

उता रवि र छविका कानुन व्यवसायीको तर्फबाट जवाफी बहसमा पनि वरिष्ठ अधिवक्ताहरू सहभागी थिए । वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमनकुमार श्रेष्ठ र सतिशकृष्ण खरेलले जवाफी बहस गरेका थिए ।

रविलाई जेल पठाइएपछि निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेको थिइन् । उता, रविका साझेदार जोशीले उच्च अदालत दाङ, बुटवल इजलासको थुनछेक आदेशविरुद्ध गरेको पुनरावेदनलाई रविको रिटसँगै राखेर बहस भएको थियो ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  २ : ५१ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको