रविको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी « Khabarhub

रविको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिएको छ ।

गत मंगलबारदेखि हेर्दाहेर्दैमा राखिएको यस मुद्दामा शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएको थियो । न्यायाधीशद्वयको इजलासमा सुनुवाइ सकिएपछि अब आदेशको प्रतिपक्षा गरिएको छ।

शुक्रबार रवि लामिछाने र गोर्खा मिडिया नेट्वकर्मा उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीविरुद्ध जाहेरी दिएका कानुन व्यवसायीले बहस गरे ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमसहितले शुक्रबार बहस गरे ।

उता रवि र छविका कानुन व्यवसायीको तर्फबाट जवाफी बहसमा पनि वरिष्ठ अधिवक्ताहरू सहभागी थिए । वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमनकुमार श्रेष्ठ र सतिशकृष्ण खरेलले जवाफी बहस गरेका थिए ।

रविलाई जेल पठाइएपछि निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेको थिइन् । उता, रविका साझेदार जोशीले उच्च अदालत दाङ, बुटवल इजलासको थुनछेक आदेशविरुद्ध गरेको पुनरावेदनलाई रविको रिटसँगै राखेर बहस भएको थियो ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  २ : ५१ बजे

प्रधानमन्त्री जनताप्रति उत्तरदायी नभए सरकार बलियो हुँदैन : राप्रपा सचेतक ओली

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु ओलीले सदनमा

सरकारी अस्पतालको जग्गा संरक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका प्रमुख सरकारी अस्पतालहरूलाई आफ्नो

तिजी पर्वले लोमान्थाङमा पर्यटक चहलपहल बढ्यो

मुस्ताङ– उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका- ५ लोमान्थाङका होटलहरु विदेशी पर्यटकले

सगरमाथा आरोहण मार्ग खुला

काठमाडौँ– यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुला

गगन थापालाई मीन विश्वकर्माको कटाक्ष : छुस्स–छुस्स भेटेर मात्र कसरी एकता हुन्छ ?

अदालतले वैशाख ६ गते नेपाली कांग्रेसको वैधानिकता विवादमा फैसला गरिदियो