पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने « Khabarhub

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेङ्गी सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ । 

जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले भने, ‘गत वर्षको तुलनामा हाल कम सङ्क्रमण देखिएको छ तर यस वर्ष मौसम विभागले धेरै नै पानी पर्ने भनेको छ । त्यसले सङ्क्रमणको जोखिम बढाउने छ ।’

पानी धेरै पर्दा जम्मा हुने पानीमा डेङ्गी सार्ने लामखुट्टे फस्टाउने भन्दै उनले सतर्कता अपनाउन सबैलाई आग्रह गरे । दाहालले पानी सङ्कलन हुने टायर, गमला जस्ता ठाउँ हालैदेखि व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । 

उनका अनुसार पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल निस्किने लार्भा वयस्क भएपछि त्यसले टोकेमा डेङ्गु रोग लाग्ने गरेको छ । 

शाखा प्रमुख डा दाहालले पुस १७ देखि हालसम्म ७१ जिल्लामा एक हजार ८१ जनामा सङ्क्रमण देखिएको र पाँच जनाभन्दा बढी सङ्क्रमण भएका ३० स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिएको जानकारी दिए ।  

सन् २०२४ मा डेङ्गी सङ्क्रमण ७६ जिल्लामा फैलिएको थियो भने १५ जनाको मृत्यु र ४१ हजार ८६५ जना सङ्क्रमित भएका थिए । –रासस
 

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ३ : ४४ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको