कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित « Khabarhub

कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले पेस गरेका ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ सर्वसम्मतिले पारित भएको छ ।
 
यसरी पारित भएका अध्यादेशमा सार्वजनिक निजी साझेदारी ऐन–२०७६, प्रदेश सहकारी ऐन–२०७६, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन–२०७६, भवन ऐन–२०७६, प्रदेश औद्योगिक व्यवस्था ऐन–२०७७, प्रदेश पर्यटन विकास ऐन–२०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिष्ट्रेसन ऐन–२०७७ र प्रदेश वन ऐन–२०७७ समेत गरी आठ वटा छन् ।

कोशी प्रदेशसभाको बैठकमा वार्षिक नीति तथा कार्यक्रममाथि आज हुने छलफलमा हिमाल कार्की, निरादेवी खनाल, बन्दना झाँगर र इन्द्रमणि पराजुलीसहित ११ सदस्यले भाग लिने कार्यसूची रहेको उपसचिव गौतम अमात्यले जानकारी दिए ।

यही जेठ ५ गते सरकारका तर्फबाट कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । –रासस

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ३ : ४६ बजे

प्रधानमन्त्री जनताप्रति उत्तरदायी नभए सरकार बलियो हुँदैन : राप्रपा सचेतक ओली

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु ओलीले सदनमा

सरकारी अस्पतालको जग्गा संरक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका प्रमुख सरकारी अस्पतालहरूलाई आफ्नो

तिजी पर्वले लोमान्थाङमा पर्यटक चहलपहल बढ्यो

मुस्ताङ– उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका- ५ लोमान्थाङका होटलहरु विदेशी पर्यटकले

सगरमाथा आरोहण मार्ग खुला

काठमाडौँ– यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुला

गगन थापालाई मीन विश्वकर्माको कटाक्ष : छुस्स–छुस्स भेटेर मात्र कसरी एकता हुन्छ ?

अदालतले वैशाख ६ गते नेपाली कांग्रेसको वैधानिकता विवादमा फैसला गरिदियो