आत्मानुशासन, करुणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँ : राष्ट्रपति  « Khabarhub

आत्मानुशासन, करुणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँ : राष्ट्रपति 


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बौद्ध धर्मले आत्मानुशासन, करुणा, सहिष्णुता र अहिंसाको अमूल्य शिक्षा प्रदान गर्दै आएकाले यसलाई हामी सबैले व्यवहारमा उतार्न सक्नुपर्ने बताएका छन् ।  

देशभित्रका विभिन्न गुम्बाहरूबाट सहभागी भई ४७ औँ लामा देशदर्शन भ्रमण सम्पन्न गरी फर्किएका लामा आनी सहभागी कार्यक्रमलाई शुक्रबार शीतल निवासमा सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । 

‘मूर्त र अर्मूत बौद्ध सम्पदाको जगेर्ना गर्दै बौद्ध दर्शनको जीवनोपयोगी पक्षलाई व्यवहारमा उतार्न सके मुलुकको हितार्थ उपयोगी मार्ग प्रशस्त हुँदै जानेछ’, उनले भने । 

त्यसको  लागि बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले आगामी दिनमा अझै प्रभावकारी भूमिका निर्वाह गर्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे । यस किसिमको भ्रमणले बौद्ध धर्म, दर्शनको संरक्षण विकास र प्रवर्द्धनमा टेवा पुर्‍याउँदै धार्मिक पर्यटन अभिवृद्धि गर्न सकारात्मक भूमिका निर्वाह गर्ने उनको भनाई थियो । 

‘बौद्ध तीर्थस्थलहरूको भ्रमण कार्यक्रमले मुलुकमा दिगो शान्ति र विकासका लागि टेवा मिल्नेछ भन्ने कुरामा विश्वस्त छु’, राष्ट्रपति पौडेलले भने । 

उनले यस यात्राबाट फर्किएका लामा तथा आनीले देशका विभिन्न बौद्ध गन्तव्यमा पुगेर केवल तीर्थयात्रा मात्र गरेका छैनन्, नेपाली समाजको धार्मिक ऐक्यबद्धता र आत्मिक समृद्धिको सन्देश पनि बोकेर आएको विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले समितिले नेपाली समाजमा बौद्ध शिक्षा, साधना र सांस्कृतिक जागरणका क्षेत्रमा पुर्‍याउँदै आएको योगदान सराहनीय छ भने  ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ४ : ०४ बजे

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन