आगलागी र मनसुनजन्य क्षतिको रकम निकासा « Khabarhub

आगलागी र मनसुनजन्य क्षतिको रकम निकासा


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गुल्मी-जिल्लामा एक वर्षपछि आगलागी र मनसुनजन्य विपद्बाट पीडित परिवारले राहत पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले आगलागी र मनसुनजन्य विपद्अन्तर्गत पहिलो किस्ताको रकम निकासा गरेको हो । 

विपद्बाट पीडित परिवारले क्षति भएको एक वर्षपछि मात्र राहत रकम पाउने भएका हुन् । पीडित परिवारले समयमा राहत रकम नपाएका कारण निर्माण सुरु गरेका घर पनि अधुरै थिए । विपद्बाट पीडित ३५९ जनाको पहिलो किस्ता निकासा भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । 

गुल्मीमा आगलागी घटनाका ४७ परिवार र मनसुनजन्य विपद्बाट क्षति भएका ३१२ परिवारलाई पहिलो किस्ताबापतको रकम निकासा गरिएको हो । उक्त रकम जिल्ला प्रशासन कार्यालयको जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय तहमा पठाइएको प्रजिअ गौतमले बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र लुम्बिनी प्रदेश सरकारबाट प्राप्त रकम स्थानीय तहको खातामा पठाइएको हो । जिल्ला विपद् व्यवस्थापन कोषमा तीनै तहबाट जम्मा भएको रकम लाभग्राहीका आधारमा सम्बन्धित पालिकामा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार मनसुनजन्य विपद्अन्तर्गत राहत पाउनेमा धुर्कोट गाउँपालिकाका १२४, रेसुङ्गा नगरपालिकाका ७६, कालीगण्डकीका ३७, रुरुक्षेत्रका १९, इस्माका १३, चन्द्रकोटका १४, मुसिकोटका आठ, मदानेका तीन, मालिकाका ११, गुल्मीदरबारका चार, छत्रकोटका दुई र सत्यवतीका एक परिवार रहेका छन् । 

त्यसैगरी, आगलागीबाट पीडित इस्माका २९, छत्रकोटका तीन, रेसुङ्गाका दुई, धुर्कोटका दुई, मालिकाका दुई, कालीगण्डकीका दुई, रुरुक्षेत्रका चार, मदानेका दुई र मुसिकोटका एक परिवारका लागि रकम निकासा गरिएको हो । उनीहरूले पहिलो किस्ताबापत जनही रु ५० हजार  पाउने भएका छन् ।

पहिलो किस्ताका लागि केन्द्रबाट एक करोड ६० लाख रुपैयाँ र प्रदेशबाट ५३ लाख ८५ हजार रुपैयाँ जिल्ला विपद् व्यवस्थापन कोषमा प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए । –रासस

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ५ : ३६ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको