फक्सकनले भारतमा १ अर्ब ५० करोड डलर लगानी गर्ने « Khabarhub

फक्सकनले भारतमा १ अर्ब ५० करोड डलर लगानी गर्ने


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी प्रविधि कम्पनी एप्पलका आईफोन बनाउँदै आएको ताइवानी कम्पनी फक्सकनले भारतमा थप १ अर्ब ५० करोड डलर लगानी गर्ने भएको छ । फक्सकनको सिंगापुरमा रहेको शाखाले भारतमा युझान टेक्नोलोजीका १ खर्ब २७ अर्ब ७४ करोड भारतीय रुपैयाँ अर्थात् १ अर्ब ५० करोड अमेरिकी डलर बराबरका १२ अर्ब ७७ करोड कित्ता शेयर खरिद गर्नेछ ।

भारतको तामिल नाडु राज्यमा रहेको युझान टेक्नोलोजी फक्सकनकै मातहत छ । यसले एप्पलको आईफोनका लागि विद्युतीय सामान उत्पादनका साथै जडान पनि गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि भन्सार शुल्क वृद्धि गरेपछि फक्सकनले भारतमा आईफोन उत्पादनमा जोड दिँदै आएको छ । रोयटर्सका अनुसा गत मार्च महिनामा एप्पलले भारतमा उत्पादन बढाएको छ ।

एप्पलले सो अवधिमा २ अर्ब अमेरिकी डलर बराबरका ६ सय टन आइफोन अमेरिकामा निर्यात गरेको जनाइएको छ । कोरोना भाइरसको महामारीसँगै विश्वव्यापी आपूर्तिचक्रमा देखिएको व्यवधान र भूराजनीतिक तनावका कारण पछिल्लो समय विश्वका महत्वपूर्ण कम्पनीहरु भारतमा लगानी गर्न आकर्षित भइरहेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  २ : ४० बजे

विभिन्न जिल्लाबाट लागूऔषधसहित १५ जना पक्राउ

काठमाडौ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौँ, मोरङ, झापा, सुनसरी,

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा