भारतले ग्वाटेमालालाई ६ सय कृत्रिम हातखुट्टा प्रदान गर्ने « Khabarhub

भारतले ग्वाटेमालालाई ६ सय कृत्रिम हातखुट्टा प्रदान गर्ने


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले ल्याटिन अमेरिकी मुलुक ग्वाटेमालालाई करिक ६ सय कृत्रिम हातखुट्टा प्रदान गर्ने भएको छ । भारतले मानवीय सहायता अनुरुप ग्वाटेमालालाई ६ सयभन्दा धेरै कृत्रिम हातखुट्टा प्रदान गर्न लागेको हो ।

ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीस्थित भारतीय राजदूतावासले यसबारे पुष्टि गर्दै प्रशासनिक प्रक्रिया पूरा भएको जानकारी दिएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार भारतीय विशेषज्ञहरुले कृत्रिम हातखुट्टा जडान गर्नेछन् ।

भारतको भगवान महावीर विकलांग सहायता समितिका विशेषज्ञहरुले आगामी अक्टोबरमा ग्वाटेमालाको रक्षा मन्त्रालय परिसरमा शिविर सञ्चालन गर्ने तयारी भइरहेको छ । ग्वाटेमालाका लागि भारतीय राजदूत मनोज कुमार महापात्राले भारतको यस पहलले दुई मुलुकबीचको सम्बन्ध र सहकार्यलाई थप गहिरो बनाउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  १० : ४८ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ