जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग प्रचण्डको भेटघाट | Khabarhub Khabarhub

जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग प्रचण्डको भेटघाट


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतले जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट गरेका छन् ।

शुक्रबार बागलुङका सहिद डिल्लीप्रसाद शर्माको घरमा भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा अध्यक्ष दाहालले सहिद र बेपत्ताजनका आफन्तलाई सम्मान गरेका थिए ।

अध्यक्ष दाहालसहितका नेताहरूले सहिद परिवारका सदस्यसँगै बसेर खाजा खाएका थिए । त्यसअघि जिल्लाको गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका सहिद परिवारका सदस्यलाई अध्यक्ष प्रचण्डले सम्मान गरेका थिए ।

अभियान टोली बिहीबार बागलुङ आइपुगेको थियो । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार र गलकोटको हटिया, ताराखोला गाउँपालिकाको अर्गल र बागलुङ बजारमा जनसभाको आयोजना गरिएको माओवादी केन्द्रका जिल्ला इञ्चार्ज राजीव घिमिरेले जानकारी दिए ।

ताराखोला गाउँपालिकामा सहिद उद्यान उद्घाटन र सालिक अनावरणसमेत गरिएको थियो । अभियानटोली आज बागलुङबाट पर्वत हुँदै कास्की आइपुगेको छ ।

अभियानमा पार्टी अध्यक्ष दाहालसहितका शीर्ष नेताहरू सहभागी छन् । अभियानअन्तर्गत शनिबार गण्डकी प्रदेशको राजधानी पोखरामा जनसभा हुने जनाइएको छ । माओवादी केन्द्रले लोकमार्गमा परेका प्रत्येक प्रदेशमा एक र एक वटा जनसभा र प्रत्येक जिल्लामा कम्तीमा एक र एक अन्तरसम्वाद गर्ने गरी यही जेठ २ गते बैतडीको पाटनबाट उक्त अभियान सुरू गरेको थियो ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  १० : १२ बजे

उद्योग समितिमा मन्त्री उपस्थित नभएपछि सांसदको आपत्ति

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

पर्वतमा नहर बनाएर बाढी नियन्त्रण

पर्वत– जिल्लाको जलजला गाउँपालिका–७ धाइरिङस्थित गुन्टेखेत र सल्यानको बस्ती संरक्षणका

बढ्दै कोरोना, सात दिनमा ३० जनामा सङ्क्रमण

काठमाडौं– मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका

सरकार दिगो विकास तथा विकासका लक्ष्य हासिल गर्ने दिशातर्फ अघि बढेको छ : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास तथा नेपालले लिएका

म्यान्माकी आङ सान सुकीले जेलमै मनाइन् ८०औँ जन्मदिन 

एजेन्सी– म्यान्माकी पदच्युत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो