फिफा क्लब विश्वकप : रियल मड्रिडको जित « Khabarhub

फिफा क्लब विश्वकप : रियल मड्रिडको जित


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा क्लब विश्वकप अन्तर्गत समूह एचको खेलमा रियल मड्रिडले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा मेक्सिको क्लब पाचुकालाई ३–१ गोलले हराउँदै रियलले सहज जित निकालेको हो ।

रियलका लागि जुड बेलिङघम, आर्डा गलर र फ्रेड्रिको भाल्भार्डेले एक–एक गोल गरेका थिए । पाचुकाका लागि एलियास मोन्टेसले एक गोल फर्काएका थिए ।

खेलमा रियल १० खेलाडीमा सीमित भएको थियो । राउल एसेननिसियाले सातौँ मिनेटमा नै रातो कार्ड पाएका थिए ।

यो जितसँगै दुई खेलबाट रियल मड्रिड ४ अंकका साथ समूहको शीर्षस्थानमा रहेको छ । पराजित भएको पाचुका अंकविहीन छ ।

यसैगरी, आइतबार राति नै भएको सोही समूहको अर्को खेलमा रेड बुल साल्जब्रग र अल हिलाल बिच गोल रहित बराबरी भएको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ७ : ११ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का