कल्भर्ट निर्माणले झोलुङ्गे पुल विस्थापित « Khabarhub

कल्भर्ट निर्माणले झोलुङ्गे पुल विस्थापित


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको गलकोट नगरपालिकामा झोलुङ्गे पुलको विकल्पमा कल्भर्ट निर्माण गरिएको छ । नगरपालिकाका विभिन्न स्थानमा साना सवारीसाधन र पैदलयात्रीलाई सहजताका लागि कल्भर्ट निर्माण गरिएको हो ।

गलकोट–२ नरेठाँटीस्थित मूलाखोलाको झोलुङ्गे पुल बाढीले बगाएपछि कल्भर्ट निर्माण गरिएको छ ।

२०७२ सालको बाढीले झोलुङ्गे पुल बगाएपछि त्यस ठाउँमा मोटरबाटो निर्माणसँगै कल्भर्ट बनाइएको हो । नरेठाँटीमा योसँगै चार स्थानमा झोलुङ्गे पुलको सट्टा कल्भर्ट बनाइएको हो ।

नरेठाँटी बजारबाट माथिल्लो बस्ती साविक नरेठाँटी गाविस– १, २ र ३ तर्फ जाने नागरिकलाई लक्षित गरेर २० लाख रुपैयाँको लागतमा कल्भर्ट निर्माण गरिएको हो ।

कल्भर्ट निर्माणले नरेठाँटीको माथिल्लो बस्ती छाप, राम्चे, तोरीखोलालगायत स्थानका नागरिकलाई सहज भएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकरी दिए ।

गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय बागलुङमार्फत ६.५ मिटरको लम्बाइको कल्भर्ट प्रकृतिको पुल निर्माण गरिएपछि यो समस्या हटेको हो । २० लाख रुपैयाँ लागतमा उक्त कल्भर्ट स्थानीयले उपभोक्ता समितिमार्फत निर्माण गरेका हुन् ।

उपभोक्ता समितिका अध्यक्ष श्रीकृष्ण भण्डारीका अनुसार लोकमार्गको वैकल्पिक सडकमा कल्भर्ट बनाएर झोलुङ्गे पुल विस्थापित गरिएको छ ।

मध्यपहाडी लोकमार्ग अवरुद्ध भएमा नरेठाँटी–फापरखेती छाप ग्रामीण सडक विकल्प हुने र कल्भर्टले बाह्रैमास सवारीसाधन चल्ने छ । पूर्वाधार विकास कार्यालयका इञ्जिनियर चन्द्र पुनका अनुसार छोटो पुलले ठूलो राहत दिएको छ ।

साविक नरेठाँटी गाविस धेरै खोल्साखाल्सी र खोला भएको क्षेत्र हो । बर्खायाममा खोलामा बाढी आउने जोखिम हुने भएकाले यहाँका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माण गरिएका थिए ।

अब मोटरबाटोको स्तरोन्नतिसँगै कल्भर्ट निर्माण गरिएपछि झोलुङ्गे पुल विस्थापित भइरहेको इञ्जिनियर पुनको भनाइ छ ।

नरेठाँटीमा चारवटा कल्भर्ट प्रकृतिका पक्की पुल निर्माण भएकाले झोलुङ्गे पुल उपयोगविहीन भएको उनको भनाइ छ ।

प्रयोगविहीन झोलुङ्गे पुललाई अर्कै स्थानमा स्थानान्तरण गर्ने नगरपालिकाको योजना छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ७ : ३० बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड