सचिवालयको दाबी- ठेक्का तोडिएपछि कान्छाराम उपप्रधानमन्त्रीमाथि खनिए | Khabarhub Khabarhub

सचिवालयको दाबी- ठेक्का तोडिएपछि कान्छाराम उपप्रधानमन्त्रीमाथि खनिए


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहको सचिवालयले नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले मोरङमा परेको ठेक्का तोडिएपछि आक्रोश पोखेको दाबी गरेको छ ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत मोरङका दुईवटा सडकखण्डको ठेक्का समयमै पूरा नभएपछि मन्त्रालयले ठेक्का तोडिदिएपछि सांसद तामाङले रामेछापमा बजेट नपरेको भन्दै संसद्‍मा आक्रोश पोखेको दाबी गरेको हो ।

सचिवालयकाअनुसार तामाङको निर्माण कम्पनीले पाएको मोरङको खोर्साने–केराबारी–सिंहदेवी सडक र लक्ष्मीमार्ग–डाँगीहाट–बनौल–बबियाबिर्ता–अमाही सडक निर्माणको ठेक्का ०८० आसार मसान्तबाट म्याद थप नगरिएको जनाएको छ ।

‘तामाङको निर्माण कम्पनीले सहरी विकास मन्त्रालयअन्तर्गतको ७० करोडको ठेक्का परे पनि पटक–पटक म्याद थप्दासमेत काम सम्पन्न नगरेपछि ठेक्का तोडिएको थियो,’ मन्त्रालयले भनेको छ, ‘पटक–पटकको ताकेतापश्चात् पनि कार्य प्रगति नभएकाले ठेक्का तोड्नु परेको हो ।’

मन्त्रालयका अनुसार निर्माण कम्पनीले ०८० असार २६ मा ठेक्का अवधि थपका लागि निवेदन पेस गरेको थियो ।

‘सो सम्बन्धमा निर्माण व्यवसायीले पेस गरेको आधार र कारणहरु मनोगत/बनावटी तथा तथ्यमा आधारित नरहेको साथै आवश्यक कागजपत्रका लागि ताकेता गर्दा पनि निर्माण व्यवसायीले सम्बन्धित कागजपत्रहरू समयमै पेश नगरेकाले थप प्रक्रिया अगाडि बढाउन औचित्य नदेखिएको,’ ठेक्का सम्झौता तोडिएको पत्रमा उल्लेख छ ।

मन्त्रालयले तामाङको कम्पनीसँग ०७६ साउन २० मा ठेक्का सम्झौता गरेको थियो । सम्झौता पत्रमा ०७८ भदौ ८ गतेभित्र सडक स्तरोन्नतिको काम सम्पन्न गरिसक्नुपर्ने उल्लेख थियो ।

कांग्रेसका सांसद तामाङले आइतबार प्रतिनिधि सभा बैठकमा सहरी विकास मन्त्रालयबाट रामेछापमा बजेट नपरेको भन्दै आक्रोस पोखेका थिए ।

पूर्वऊर्जा राज्यमन्त्री तामाङले सहरी विकासमन्त्री सिंहले काठमाडौंमा तीन करोडका २०७ वटा योजनामा बजेट विनियोजन गरेर अरु जिल्लालाई बेवास्ता गरेको बताएका थिए ।

‘प्रकाशमान सिंह हाम्रो सर्वोच्च नेता गणेशमान सिंहको छोरा हुनुहुन्छ । म यहाँलाई काठमाडौं जिल्लामा २०७ वटा तीन करोडको बजेट विनियोजन गरिदिनुभएकोमा रामेछाप जिल्लाको तर्फबाट र नेपाली कांग्रेस रामेछापको तर्फबाट म यहाँलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु,’ उनले मन्त्री सिंहप्रति कटाक्ष गर्दै भनेका थिए ।

यद्यपि, सांसद तामाङले आक्रोश पोखे पनि सहरी विकास मन्त्रालयले ल्याएको बजेटमा भने उनले भनेको जस्तो रामेछापमा बजेट नै नपरेको भने देखिँदैन । रामेछापमा सहरी विकास मन्त्रालयबाट ६६ योजनाका लागि ८४ करोड ४७ लाख विनियोजन भएको देखिन्छ ।

मन्त्री सिंहको सचिवालयका अनुसार रामेछापमा तीन करोड वा त्योभन्दा माथिको बजेट भएका ११ वटा कार्यक्रम परेका छन् । यस्तै तीन करोड बजेट भएका आठवटा र तीन करोडभन्दा कम बजेट भएका ५५ वटा कार्यक्रमहरू रामेछापमा परेका सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १२ : ३७ बजे

देउडा गुञ्जिने सांस्कृतिक थलो र पर्यटनको संगम बन्यो ‘वीरेखोला झरना’

धनगढी– असारको काम सकिएपछि यहाँका अधिकांश स्थानीय गाउँ माथिको लेक

गगनले प्रधानमन्त्रीलाई भने- सरकारले दिन गनेर समय खेर फाल्ने होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई

आजका समाचार : एमालेले विद्यालाई फर्काउने, ओलीलाई झन् सजिलो बनाउने प्रस्ताव, बीपी राजमार्ग दैनिक १२ घण्टा बन्द र युक्रेनमा नयाँ प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीको विषयले एमालेमा प्रवेश पायो, अध्यक्ष ओलीले संवाद गर्नेपूर्वराष्ट्रपति

बीमा बोर्डले प्रतिष्ठानलाई झुक्यायो, पत्रले भन्छ- प्रथम सेवा केन्द्र तीन महिनासम्म, तर ‘सिस्टम अन’ केबल तीन दिनलाई

सुनसरी– स्वास्थ्य बीमा बोर्डले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई

विपद्को पूर्वतयारीमा ध्यान दिन सुझाव

काठमाडौं– सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका विपद् व्यवस्थापन विभागका