रौतहटको चन्द्रनिगाहपुरमा बस दुर्घटना, १० जना घाइते « Khabarhub

रौतहटको चन्द्रनिगाहपुरमा बस दुर्घटना, १० जना घाइते


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

चन्द्रपुर– पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

आज बिहान काठमाडौँदेखी भिठ्ठामोड महोत्तरीतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ५२१६ नं को बस अनियन्त्रित भई सात फिट दक्षिण साइडमा दुर्घटना हुँदा १० यात्रु घाइते भएका हुन ।

घाइते हुनेमा सात जना भारतीय नागरिक रहेका छन् ।  घाइते हुनेमा भारत सितामढीकी ४४ वर्षीय रेखादेवी राम, सोही ठाउँकी २२ वर्षीय जहदेवी झा, सोही ठाउँका ११ वर्षीय बिसुकुमार पटेल, मोहमद अकिल, ३८ वर्षीय नरगिस खातुन, दुई वर्षीय आयस प्रतीक रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । 

यसैगरी धनुषा जिल्ला सिरेश्वरनाथ–१ बस्ने वर्ष २३ को अनुष्का निगम, जनकपुर बस्ने वर्ष ३५ कि सन्तोषी ठाकुर र जलेश्वर–४ बस्ने ४३ वर्षीय पुनम ठाकुर पनि दुर्घटनामा परी घाइते भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।

घाइते सबैको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । घाइतेको अवस्था समान्य रहेको राईले बताए। बसमा २५ जना सवार रहेकामा १० जना घाइते र अन्य १५ जना गन्तव्यतिर गएको समेत उहाँले जानकारी दिए। चालक भने फरार रहेको बताइएको छ ।
 

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १२ : ३७ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र