इरानलाई मुख्य व्यापारिक मार्ग बन्द गर्नबाट रोक्न चीनलाई अमेरिकाको आग्रह « Khabarhub

इरानलाई मुख्य व्यापारिक मार्ग बन्द गर्नबाट रोक्न चीनलाई अमेरिकाको आग्रह


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानी आणविक स्थलमा अमेरिकी आक्रमणपछि महत्वपूर्ण व्यापारिक मार्ग होर्मुज जलमार्ग बन्द गर्नबाट रोक्न इरानसँग समन्वय गर्न चीनसँग आग्रह गरेका छन् ।

तेल निर्यातको दृष्टिबाट यो जलमार्ग निकै महत्त्वपूर्ण छ किनकी इराक, कतार तथा इरान जस्ता देशहरूको तेल निर्यात यहीं मार्ग हुँदै हुने गर्छ। 

रुबियोले फक्स न्यूजसँग भने, ‘म चीन सरकारलाई यस विषयमा कुरा गर्न आग्रह गर्दछु । खासगरी, इराक कतार र इरानबाट निर्यात हुने तेलका लागि स्ट्रेट अफ होर्मुजको प्रयोग हुनेगर्छ र यो चीनमा इन्धन आयातका लागि पनि प्रमुख मार्ग मानिन्छ ।’ 

विश्लेषकहरूले इरानले वासिङ्टनले आइतबार बिहान गरेको आक्रमणको बदलामा सामुद्रिक मार्गमा पर्ने हर्मुज स्ट्रेट बन्द गर्न सक्ने बताएका छन्।

विदेशमन्त्री रुबियोले भने, ‘यदि इरानले हर्मज मार्ग रोक्ने बाटो अपनायो भने यो अर्को भयानक गल्ती हुनेछ । इरानी शासकले हर्मुज स्ट्रेटमा आवागमनलाई रोक्नु उनीहरूको लागि आर्थिक संकट निम्त्याउने कडी बन्न सक्छ । हामीसँग यसको सामना गर्ने विकल्पहरू छन् ।’

उनले भने, ‘तर अन्य देशले पनि यसलाई हेर्नुपर्छ, यसले अन्य देशको अर्थतन्त्रलाई हाम्रो भन्दा धेरै नराम्रो असर पार्नेछ। मलाई लाग्छ, यसले संकटग्रस्त विश्व अर्थतन्त्रलाई थप समस्यातर्फ धकेल्नेछ ।’

यसैबीच इरानले अमेरिकी सेनाले प्रयोग गर्ने अखडालाई धम्की दिएको छ भने इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका सल्लाहकारले ती अखडालाई ‘आफ्नो (इरानको) सशस्त्र बलको वैध निशाना’ मानिने बताए । 

यद्यपि, अमेरिकी आक्रमणले तेहरानलाई द्वन्द्व कम गर्न वा यसलाई अझ फराकिलो बनाउन प्रेरित गर्छ कि गर्दैन त्यो भने हेर्न बाँकी नै छ ।

चीनले अमेरिकी आक्रमणको निन्दा गर्दै रुस र अरब राष्ट्रहरूको समूहलाई साथ दिँदै यसले मध्यपूर्वमा तनाव बढाएको बताएको छ ।
 

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १२ : ५१ बजे

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह

जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री रावल

नारायणगढ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा