सिँचाइका लागि प्रयोग गरिएको करेन्ट लागेर एक वृद्धको मृत्यु « Khabarhub

सिँचाइका लागि प्रयोग गरिएको करेन्ट लागेर एक वृद्धको मृत्यु


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको गोलबजार नगरपालिका–१३ स्थित दुर्गापुर डङ्गराहामा आज बिहान सिँचाइका लागि प्रयोग गरिएको करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।

स्थानीय ६२ वर्षीय रामपृत पण्डितको आफ्नै धानखेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागि मृत्यु भएको वडाध्यक्ष नन्दकुमार महतोले जानकारी दिए । उनका अनुसार बिहान चिया खाएर खेत गएका पण्डित सिँचाइ गर्न खोज्ने क्रममा विद्युत्को तार सही तरिकाले नजोड्दा करेन्ट लागेको प्रारम्भिक अनुमान गरिएको छ ।

अहिले प्रहरी घटनास्थल पुगेर मुचुल्का तयार गरी मृतकको शव उठाउने काम गरिइरहेको इलाका प्रहरी कार्यालय, गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिए । 

वडाध्यक्ष महतोका अनुसार गत वर्ष पनि सोही गाउँमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको थियो । उनले ग्रामीण क्षेत्रमा विद्युत् सुरक्षाबारे जानकारी कम रहेकाले पम्प प्रयोग वा मर्मत गर्दा सावधानी नअपनाउने, नाङ्गो तार छोप्ने, जमिनमै ‘प्लग’ राख्ने जस्ता कार्यले विशेषगरी वर्षायाममा अकालमा ज्यान गुमाउने क्रम बढिरहेको बताए।

घटनापछि विद्युत् सुरक्षाको सवालमा चेतनामूलक कार्यक्रमको आवश्यकता देखिएको भन्दै स्थानीयवासीले पनि सरोकारवाला निकायसँग तत्काल ध्यान दिन माग गरेका छन् ।
 

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १२ : ५६ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र