इरानका सैन्य स्थलहरूमा इजरायली आक्रमण « Khabarhub

इरानका सैन्य स्थलहरूमा इजरायली आक्रमण


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायली सेनाले पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा सोमबार प्रहार गरेको बताएको छ । मध्यपूर्वका दुई मुलुक इरान र इजरायलबीच ११ दिन देखि लडाइँ जारी छ ।

सेनाले विज्ञप्ति जारी गर्दै १५ वटाभन्दा बढी लडाकु विमानहरूले पश्चिमी इरानको केरमानशाह क्षेत्रमा आक्रमण गरेको जनाएको छ ।  यस अघिको जानकारीमा इजरायली वायुसेनाले हाल इरानको केरमानशाहमा सैन्य पूर्वाधार स्थलहरूमा आक्रमण गरिरहेको बताएको थियो ।

इजरायलले जुन १३ मा इरानको क्षेप्यास्त्र र आणविक सुविधाहरूका साथै सैन्य अधिकारी र सुरक्षा सेवाहरूलाई लक्षित गरी ठूला आक्रमणहरू गरेको थियो ।  

सोमबार  दुई देशहरू बिच हवाई आक्रमण हुँदा तेहरानले सप्ताहन्तमा तीनवटा आणविक स्थलहरूमा अमेरिकी युद्ध विमानहरूले ‘बारूदी सुरूङ’ मा पुर्‍याएको क्षतिको बदला लिने प्रतिवद्धता गरेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमणले इरानको आणविक क्षमतालाई नष्ट गरेको बताउनुभएको छ भने अन्य अधिकारीहरूले तेहरानको आणविक कार्यक्रममा परेको असर निर्धारण गर्न ढिलो भएको बताएका छन् ।  

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १ : ४३ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल