सदनमा परराष्ट्रमन्त्रीको जवाफ- इजरायलमा रहेका नेपालीले तिरेको पैसाबाटै उद्धार गर्छौँ « Khabarhub

सदनमा परराष्ट्रमन्त्रीको जवाफ- इजरायलमा रहेका नेपालीले तिरेको पैसाबाटै उद्धार गर्छौँ


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउन सरकार प्रयासरत रहेको बताएकी छन् ।
 
प्रतिनिधिसभा बैठकमा सोमबार सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले इजरायलमा रहेका नेपाली नागरिकहरू स्वदेश ल्याउन प्रयास भइरहेको बताएकी हुन् ।  

‘इजरायलमा दुई हजार जीटुजी गएका छन् । उहाँहरूको सबै डेटा पनि छ । हामीलाई रेस्क्यु गर्न प्रबलम पनि छैन । उहाँहरूले तीन वर्ष लगातार पैसा तिर्नुभएको छ । त्यो भएपछि सुरक्षा कोषबाट उहाँहरूको रेस्क्यु हुन सक्छ,’ मन्त्री राणाले भनिन् । 

उनले भारतीय भूमि प्रयोग गरेर नक्कली कागजातका साथ इजरायल पुगेका नेपाली नागरिकलाई पनि स्वदेश फिर्ता ल्याउन पहल गरिरहेको पनि बताइन् ।  

‘धेरै जना इन्डियन पासपोर्ट लिएर पनि पुगेका छन् । फेक इन्डियन पासपोर्ट । त्यो अशली होइन, नक्कली लिएर पुगेका छन् । उहाँहरूले पनि हामीलाई अपील गर्नुभएको छ कि हामी आउनु पाऊँ भनेर,’ उनले भनिन्, ‘हामीले होम मिनिस्ट्रीमा लेखेका छौँ । यस्तो परिस्थितिमा भएको नेपालीलाई ट्रभल डकुमेन्ट इस्यु गर्नका लागि हामीलाई स्वीकृति दिनु भनेर ।’

मन्त्री राणाले इजरायलमा अहिले दूतावास सञ्चालन गर्ने अवस्था नै नभएको पनि जानकारी दिइन् । ‘अहिले त्यहाँ कस्तो परिस्थित छ भने हाम्रो राजदूत नै बंकरमा हुनुहुन्छ । अफिस सञ्चालन गर्ने परिस्थिति छैन,’ उनले भनिन्, ‘अलमोस्ट हजार जना नेपालीमध्ये ४–५ सय इललिगल गैरकानुनी हुनुहुन्छ ।  अरु पनि ठ्याक्कै प्लेन गयो भने आउँछु भन्ने मर्ममा हुनुहुन्छ ।’

इजरायलमा रहेका तीन नेपालीहरूलाई इजिप्टबाट स्वदेश ल्याइने पनि उनले बताइन् । ‘जर्मनले ट्राभल डकुमेन्ट हामी अलाउ गर्न सक्दैनौँ भनेको छ । इजिप्टबाट ल्याउन सकिन्छ कि भनेर हामी प्रयासरत छौँ,’ मन्त्री राणाले भनिन्, ‘५ सय जना नेपाली त्यहीँ नै बिहेबारी गरेर सेटल डाउन भएको हुनुहुन्छ ।’

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  २ : १८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल