सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन सुनचाँदी व्यवसायीको माग « Khabarhub

सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन सुनचाँदी व्यवसायीको माग


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनचाँदी व्यवसायीहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गरेका छन् ।  

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनीहरूले सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गरेका हुन् । साथै उनीहरूले सुनचाँदीलाई विलासिताका रूपमा नभई संस्कार, संस्कृतिका रूपमा बुझ्न सरकारलाई आग्रह गरेका छन् ।

 बैठकमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले सुनचाँदी गहनामा लगाइएको विलासिता करका कारण नेपाली व्यवसाय धराशायी हुने बताए । उनले सुन संस्कार, संस्कृतिकामा रहेकाले विलासिताको रूपमा परिभाषित गरिनु उचित नहुने जिकिर गरे ।  

त्यस्तै नेपाल सुन चाँदी व्यवसायी तथा कालिगढी सङ्घर्ष समितिका विपेन्द्र रामुदामुले सुनचाँदी व्यवसायलाई मर्यादित तुल्याउन सहजरूपमा कच्चापदार्थ उपलब्ध हुनुपर्ने र सुनको कोटा प्रणाली खारेज हुनुपर्ने बताए । उनले कला संस्कृतिको विषयमा विलासिता कर लगाउनु उचित नभएको उल्लेख गरे।  

आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले निवेदन दिएपछि समितिले यस विषयमा छलफल गरेको हो । 

छलफलमा समिति सदस्यहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता करका कारण यसले व्यवसायी र उपभोक्तामाथि परेको असरमा सरकार गम्भीर हुनुपर्ने धारणा राखेका थिए । 

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ३ : ०१ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री