कांग्रेसबाट लुम्बिनी सरकारमा सहभागी मन्त्रीहरू कपिलवस्तुमा बहिष्कृत   « Khabarhub

कांग्रेसबाट लुम्बिनी सरकारमा सहभागी मन्त्रीहरू कपिलवस्तुमा बहिष्कृत  


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस कपिलवस्तुले पार्टीका तर्फबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी मन्त्रीहरूलाई बहिष्कारको घोषणा गरेको छ । 

कांग्रेस कपिलवस्तुले प्रदेश सरकारले विनियोजन गरेको बजेटप्रति असन्तुष्ट जनाउँदै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई जिल्लामा बहिष्कार गर्ने घोषणा गरेको हो । 

‘कपिलवस्तु जिल्लाको समग्र विकास योजनालाई वेवास्ता गरेको तथा पार्टीको निर्णयलाई समेत नमानी आफ्नो मनमानी गरेको हुँदा नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश सरकारमा प्रतिनिधित्व गरेका सम्पूर्ण मन्त्रीहरूलाई कपिलवस्तु जिल्लाको सार्वजनिक तथा पार्टीको कुनै पनि कार्यक्रममा सहभागी नगराउने विज्ञप्ति जारी गरियो,’ जिल्ला सभापति अब्दुल कलामले भनेका छन् । 

लुम्बिनी प्रदेश सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२-०८३ को वार्षिक कार्यक्रम तथा बजेटमा कांग्रेस कपिलवस्तुको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  २ : ५० बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल