कांग्रेसबाट लुम्बिनी सरकारमा सहभागी मन्त्रीहरू कपिलवस्तुमा बहिष्कृत   « Khabarhub

कांग्रेसबाट लुम्बिनी सरकारमा सहभागी मन्त्रीहरू कपिलवस्तुमा बहिष्कृत  


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस कपिलवस्तुले पार्टीका तर्फबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी मन्त्रीहरूलाई बहिष्कारको घोषणा गरेको छ । 

कांग्रेस कपिलवस्तुले प्रदेश सरकारले विनियोजन गरेको बजेटप्रति असन्तुष्ट जनाउँदै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई जिल्लामा बहिष्कार गर्ने घोषणा गरेको हो । 

‘कपिलवस्तु जिल्लाको समग्र विकास योजनालाई वेवास्ता गरेको तथा पार्टीको निर्णयलाई समेत नमानी आफ्नो मनमानी गरेको हुँदा नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश सरकारमा प्रतिनिधित्व गरेका सम्पूर्ण मन्त्रीहरूलाई कपिलवस्तु जिल्लाको सार्वजनिक तथा पार्टीको कुनै पनि कार्यक्रममा सहभागी नगराउने विज्ञप्ति जारी गरियो,’ जिल्ला सभापति अब्दुल कलामले भनेका छन् । 

लुम्बिनी प्रदेश सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२-०८३ को वार्षिक कार्यक्रम तथा बजेटमा कांग्रेस कपिलवस्तुको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  २ : ५० बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर